ईतिहास रच्दै पीएसजी च्याम्पियन्स लिग फाईनलमा 


काठमाडौं ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले ईतिहास रच्दै युरोपियन च्याम्पियन्स लिग फाईनलमा प्रबेश गरेको छ।  मंगलबार राति भएको सेमिफाईनल खेलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले हराउदै पीएसजी फाइनल पुगेको  हो। स्थापनाको ५०औं वर्षमा पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। करौडौं रकम खर्च गर्दा पनि पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । 

कोरोना महामारीपछि यस सिजन क्वाटरफाइनलदेखि च्याम्पियन्स लिगका खेलहरु सिंगल लेगमा एउटै देशमा भइरहेको छ ।जसलाई ‘फाइनल अइट’ अर्थात ‘मिनी टुर्नामेन्ट’समेत भनिएको छ ।युरोपियन च्याम्पियन्स लिगकै इतिहासमा पहिलो पटक सेमिफाइनलमा इंग्ल्याण्ड स्पेन र इटलीका कुनै क्लब छैनन् ।अर्को सेमिफाइनल पनि जर्मन भर्सेस फ्रेन्च अर्थात बायर्न म्युनिख र लियोन बीच बुधबार राति हुँदैछ।