स्पेनमा तिज बिशेष अनलाईन नृत्य प्रतियोगिता हुँदै 


बार्सिलोना। स्पेनमा हरितालिका तिज बिशेष अनलाईन नृत्य प्रतियोगिता हुने भएको छ। प्रबासी नेपाली एकता मञ्च स्पेनको आयोजनामा नृत्य प्रतियोगिताको आयोजना हुन लागेको हो। हरेक बर्ष तिज बिशेष कार्यक्रम हुँदै आएको भएपनि यसपटक कोरोना भाईरस प्रकोपका कारण अनलाईन मार्फत कार्यक्रमको निरन्तरता दिन लागेको आयोजकले जनाएको छ।  प्रतियोगितामा सहभागी बन्नका लागि अगष्ट २० तारिखभित्र भिडियो उपलब्ध गराउन अनुरोध गरिएको छ। 

प्रतियोगितामा पहिलो हुनेलाई २ सय १ युरो,दोस्रोलाइ १ सय ५१ युरो र तेस्रो स्थानप्राप्त गर्ने प्रतियोगीलाई १ सय १ युरो नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने मञ्चका महासचिव अशोककिरण न्यौपानेले बताएका छन्।

थप जानकारीका लागि मञ्चले जारी गरेको सूचना :-

हरेक वर्ष प्रवासी नेपाली एकता, मंच स्पेनले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम भव्य रूपमा मनाउँदै आइरहेको व्यहोरा सर्वविदित नै छ। यस वर्ष COVID – 19 को प्रभावका कारण विगतमा जस्तै  भव्य कार्यक्रम गर्न नसके तापनि यस वर्ष अलि फरक तरिकाले तपाईंहरुमाझ हरितालिका तीज विशेष अनलाइन नृत्य प्रतियोगिता लिएर आएका छौं। 

यस प्रतिगोगितामा सहभागी भै कार्यक्रमलाई सफल बनाई दिनुहुन सम्पूर्ण स्पेनवासी दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं। प्रतियोगीतामा भाग लिन ईच्छुक दिदीबहिनीहरुले निम्न अनुसारको नियम पालना गर्नु पर्ने छ :-

१) यस प्रतियोगितामा स्पेनमा बसोबास गर्ने महिला दिदीबहिनीहरु मात्रै सहभागी हुन पाउनु हुनेछ ।

२) नृत्य नितान्त नेपाली गीतमा हुनु पर्नेछ ।(तीज गीतको नृत्यलाई विशेष

प्राथमिकता दिइनेछ ।)

३) नृत्य नेपाली कला, संस्कृति झल्किने पोशाकमा हुनु पर्नेछ ।

४) नृत्यको भिडियो समय अधिकतम ३ मिनेट सम्मको हुनु पर्नेछ ।

५) नृत्यको भीडियो २० अगस्ट २०२० को २३ : ५९  बजे सम्म तल उल्लेखित  ईमेल ठेगानामा पठाई सक्नु पर्ने छ।

Onufspain@gmail.com

६) विजेताहरुलाई प्रमाण-पत्र सहित  निम्न अनुसारको पुरस्कार प्रदान गरिने छ :-

प्रथम पुरस्कार – २०१ यूरो

द्वितीय  पुरस्कार – १५१ यूरो

तृतीय पुरस्कार  – १०१ यूरो

७) विजेताको निर्णय ३० प्रतिशत सामाजिक संजालको लोकप्रियता र ७० प्रतिशत निर्णायक मण्डलको निर्णयबाट हुनेछ ।

सम्पर्कको लागि:

अशोक किरण न्यौपाने :- 631766350

निर्मला तिवारी            :- 612 433 670

लक्ष्मण शर्मा              :- 646 521 678

बिशाल ढुंगाना           :- 631 158 873

अनन्त लामिछाने         :- 610 283 387

अशोक किरण न्यौपाने

        (सचिव)

प्रवासी नेपाली एकता मंच, स्पेन