आजको पञ्चाङ्ग २०७१ साल भाद्र ८ गते आइतबार


राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त-

आज मिति २०७१ साल भाद्र ८ गते आइतबार, तदनुसार अगस्त २४ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको चतुर्दशी तिथि २७ घटि ४३ पला अर्थात दिनमा ४ बजेर ४४ मिनेटसम्म त्यस उप्रान्त अमावश्य तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३२ घटि १२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३९ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष ः स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।
वृष ः मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन पं्राप्त हुनेछ ।
मिथुन ः बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार, टाढाको धन प्राप्त हुनेछ भने साँझतिर त्यति राम्रो रहने छैन ।
कर्कट ः एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।
सिंह ः नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।
कन्या ः शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
तुला ः आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
वृश्चिक ः दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।
धनु ः आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।
मकर ः रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट, मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।
कुम्भ ः आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
मीन ः पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

जोगिनुहोला । आजको साइत ः आज उत्तर दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र ८ गते आइतबार बिहान ५ः३९ बजेदेखि ७ः०९ बजेसम्म उद्वेग बेला, बिहानमा ७ः०९ बजेदेखि ८ः३९ सम्म चर बेला, बिहानमा ८ः३९ बजेदेखि १०ः०९ बजेसम्म लाभ बेला, बिहानमा १०ः०९ बजेदेखि ११ः३९ बजेसम्म अमृत बेला, बिहान ११ः३९ बजेदेखि दिनमा १२ः०९ बजेसम्म काल बेला, दिनमा १२ः०९ बजेदेखि २ः३९ बजेसम्म शुभ दिनमा २ः३९ बजेदेखि ४ः०९ बजेसम्म रोग साँझ ४ः०९ बजेदेखि ५ः३९ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा ४ः३० बजेदेखि ६ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
 मोवाइल नं. ९८४६१४७३६९