नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६ सय १४ पुग्याे


पोखरा- बिहिवार कोभिड १९ का २५० जना नयाँ संक्रमित पुष्टि भएसंगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयले जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २३० पुरुष तथा २० महिलासहित २५० जना नयाँ संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको जानकारी दिनुभयो ।

डा.गौतमका अनुसार विराटनगरमा गरिएको परिक्षणमा सुनसरीका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । नारायणी अस्पतालमा गरिएको परिक्षणमा ३ जनामा पोजटिभ देखिएको छ । उनिहरु रौतहटका हुन । हेटौंडामा गरिएको परिक्षणमा बारा जिल्लाका ७ र धादिङका ७ सहित १४ जनाको नतिजा पोजेटिभ देखिएको छ । उता जनकपुरमा गरिएको परिक्षणमा सर्लाही जिल्लाका २, रौतहटका १५ तथा महोत्तरी जिल्लाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा सप्तरी जिल्लाका ९, कोशी अस्पतालमा गरिएको परिक्षणमा झापा जिल्लाका ३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै बाँके स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा रोल्पा जिल्लाका १४ तथा बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका ४८ जनामा संक्रमण पोजेटिभ देखिएको छ भने सुर्खेतका ७ जना रहेका छन् । रुपन्देहीमा गरिएको परिक्षणमा कपिलवस्तुका १, प्यूठानका ४ र रुपन्देहीका २९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ७, बाजुराका १८ तथा बझाङका २ जनामा संक्रमणपुष्टि भएको छ ।

धुलिखेलमा गरिएको परिक्षणमा नवलपरासी पश्चिमका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तुका १, रौतहटका ३९ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा ५०७, प्रदेश २ मा १ हजार ६७१, वागमती प्रदेशमा १४७, गण्डकी प्रदेशमा १४७, प्रदेश ५ मा १ हजार ३९९, कर्णाली प्रदेशमा ७५९ तथा सुदूपश्चिम प्रदेशमा १९२ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

डिस्चार्ज हुनेको संख्या ८६१

बितेका २४ घन्टामा १८७ जना निको भएर घर फर्किएका छन् । यो संगै हालसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ भने हालसम्म १५ जनाको ज्यान गएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांकका अनुसार देशभर १ लाख १५ हजार ९३० जनाको पीसीआर परिक्षण गरिएको छ । यस्तै १ लाख ७८ हजार १४३ जनाको आरडीटी परिक्षण गरिएको छ । गत २४ घन्टामा ५ हजार १९४ जनाको पीसीआर र ५ हजार २६३ जनाको आरडीटी परिक्षण गरिएको छ । देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाईनमा रहेका छन् भने ३ हजार ७३८ जना आइसोलेसनमा रहेका छन् । ।