नेपालमा काेरोना स‌क्रमण हुनेकाे संख्या ४ सय २७ पुग्याे


काठमाण्डौ – नेपालमा काेराेना स‌क्रमण हुनेकाे संख्या ४ सय २७ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा नेपालमा २५ जना काेराेना स‌क्रमित फेला परेपछि स‌ख्या ४ सय २७ पुगेकाे हाे ।
बाँके ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधबार स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये ४५ जना निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार हाल सम्म नेपालका ३८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।