लकडाउनलाई कडा बनाइएको छ : मुख्यमन्त्री गुरुङ


पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पछिल्ला अबस्थालाई मध्येनजर गर्दे लकडाउनलाई अझ कडा बनाइएको बताउनु भएको छ ।

लमजुङ्गबाट पोखरा आई बसोबास गरेका र लकडाउनले समस्यामा परको नागरीकहरुलाई राहत बितरण गर्ने क्रममा उहाँले करिव २२ सय मानिसहरु पास लिएर वा नलिएर पनि प्रदेश भित्र यो बिचमा प्रबेश गरेको आफुले थाहा पाएको बताउनु भयो ।

मानव स्वास्थ्यको सबैभन्दा ठुलो चुनौतीका रुपमा देखा परेको नोवल कोरोना भाईरस नियन्त्रणको पहिलो र प्रभावकारी उपाय लकडाउन मात्र भएकाले पनि नागरीकहरुमा सचेतना आबस्यक रहेको उहाँको भनाई थियो । मानिसहरु पहिलो जान हतारिए र अहिले बिभिन्न बाहानमा आउन हतारिएका छन ।

लकडाउन भनेको उहाँ छ त्यही बस्ने हो, खान नपाए सरकार संग माग गर्ने हो, तर जान र आउन हतारीने होईन– उहाँको भनाई थियो । गण्डकी प्रदेशमा पहिलो संकटा समाधान गरिएपनि ढुक्क हुने अबस्था नभएकोले आजबाट थप कडाईका साथ, आबस्यक सुरक्षा बिधि नअपनाए बैक तथा बित्तीय सस्थाहरु पनि बन्द गरिदिने तयारी आफुले गरेको जानकारी दिनुभयो ।

राहत बितरण

पोखरामा नौ बर्ष अगाडी स्थापना भएको लमजुङ्ग–पोखरा बचत तथा ऋण सहकारी सस्था लि.ले आफ्ना शेयर सदस्य तथा अप्ठेरोमा परेका लमजुङ्गे नागरीकहरुलाई राहत बितरण गरेको छ । लमजुङ्ग–पोखरा सम्पर्क समिति तथा सहकारीको सहकार्यमा १ जना सुत्केरी संगै २८ जना नागरीकहरुलाई रातह बितरण गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग तथा मुख्य न्यायाधिबक्ता डा. राजेन्द्र घिमिरेको उपस्थितीमा राहत बितरण गरिएको थियो ।

२६ बर्ष अगाडी स्थापना भएको लमजुङ्ग–पोखरा सम्पर्क समितिले सहकारी स्थापना गरेको हो । सहकारीको स्थापना दिबसको अबसर पारेर राहत संगै क्यालेण्डर बिमोचन पनि गरिएको थियो । कार्यक्रममा मूख्य न्यायधिबक्ता डा. राजेन्द्र घिमिरेले अब सकारको लक्ष अनुसार कृषि क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गर्नुभयो । लमजुङ्ग– पोखरा सम्पर्क सहकारीका अध्यक्ष चम्पादेवी रानाभाटले जिल्ला बासीनै प्रदेशको मुख्य नेतृत्वमा रहनु आफुहरुको लागि गौरवको कुरा भएको बताउनु भयो ।