१९९० सालको फेवातालको जग्गा कायम गर्न स्थानियकाे माग


पोखरा – पोखरा फेवाताल क्षेत्रका स्थानियले १९९० सालकै तालको क्षेत्रफल कायम गर्न माग गरेकाछन्। गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले विहिबार फेवाताल सहितको पोखरा १८ क्षेत्रको विकास योजनाहरुको अवलोकन गर्न निस्केका बराललाई स्थानियले १९९० सालको फेवातालको जग्गा कायम गर्न माग गरेका हुन्।

पोखराको फेवाताल शिरान भाग चंखपुर क्षेत्रमा हाल अस्थायी रुपमा घर टहरा बनाएको दृश्य अवलोकन गर्दै गर्दा स्थानिय वालकृष्ण तिमिल्सिना सहितका व्यक्तिले सांसद बराल समक्ष २०३५ सालमा फेवातालको बाध फुटे पछि केही व्यक्तिले तालको जग्गा दर्ता गरेको जनाएका हुन्। फेवातालको माथिल्लो भागमा ललिता राईले एक स्थानियसंग ५ बर्षको लागि भाडामा बस्न थालेकी छन्। उनीले त्यहाँ चटपटे पसल सहित बसोबास गर्न थालेकी हुनत्। उनी जस्ता ४ जनाको घर परिवार टिनको टहरा बनाएर बस्न थालेका हुन्। पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रण बहादुर थापाले ताल बचाउन निकै कठिन भएको बताए ।

फेवाताल अतिक्रमण जग्गा छानविन समिति (लामिछाने आयोग) का अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार १९९० सालमा फेवातालको भाग करिब १३ हजार रोपनी रहेको बताए । उनका अनुसार २०६४ मा फेवातालको पानी भएको भाग हेर्दा ९ हजार ९ सय ५५ रोपनी मात्र भएको देखिन्छ । फेवातालको करिब ३ हजार रोपनी क्षेत्रफल ७५ बर्षको अन्तरालमा व्यक्तिको नाममा दर्ता भएको लामिछानेको दाबी छ ।

यसैबिच, प्रदेश सांसद बरालले पोखरा १८ को जनमैत्रि मार्गमा गण्डकी प्रदेश सरकारबाट विनियोजन भएको ५० लाखको लागतमा हालै निर्माण सम्पन्न भएको २ सय ४० मिटर ढलान सडक अवलोकन गरेकाछन्। साथै सांसद बरालले अन्नपूर्ण केवलकार निर्माण, जलकुम्भी झार फाल्ने अभियान सहितको बस्तु स्थिती अवलोकन गरेका हुन्।

अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङले उक्त निर्माणको अन्तिम चरणमा पुगेको बताउदै हाल ५० जना मजदुहरु उक्त परियोजनामा रहेको जानकारी गराएका थिए ।