जेष्ठ ५ गतेसम्म लम्व्याउने सरकारकाे निर्णय


काठमाण्डाै – कोरोनाभाइरसको संक्रमण हुनबाट जनातालाई जोगाउन सरकारले देशभरको लकडाउनको अवधि आगामि जेष्ठ ५ गतेसम्म लम्व्याउने निर्णय गरेको छ भने अन्तराष्ट्रि सिमा नाका र हवाई उडानलाई जेष्ठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद वैठकले यसघि वैशाख २६ गतेसम्म लम्व्याएको लकडाउनको समयावधिलाई जेष्ठ जेष्ठ ५ तथा अन्तराष्ट्रिय सिमा नाका र हवाई उडानलाई जेष्ठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो ।

छिकेकी मुलुक भारतमा कोरोनाभाइरसको संक्रमण वढिरहेकोले सिमाबाट नेपालमा हुनसक्ने प्रवेशलाई रोक्नको लागि सिमा नाका बन्द गरि सुरक्षा व्यवस्था लागु गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि जेष्ठ ५ गतेसम्म लगाएको राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवामाथिको प्रतिवन्धलाई पनि जेष्ठ १८ गते सम्मका लागि लम्व्याएको छ ।

कोरोनाभाइरस संक्रमणको जोखिममा नेपाल पनि परेपछि पहिलो पटक चैत्रको ११ गते लकडाउन शुरु भएको थियो । त्यसपछि पटक पटक हप्ता, १० दिन लकडाउनको समय थपिदैं आएको छ ।