युरोपका ९ नेपाली राजदूतले एक महिनाको तलब कोभिड–१९ कोषमा दिने


युरोपका विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरुले एक महिनाको तलब कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा उपचार कोषमा दिने घोषणा गरेका छन् । कोषमा तलब जम्मा गर्नेहरुमा ९ जना राजदूतहरु छन् ।

यसरी तलब दिनेहरुमा स्वीटजरल्याण्डका नेपाली राजदूत मणि भट्टराई, बेल्जियमका लोकबहादुर थापा, जर्मनीका रमेशप्रसाद खनाल,डेनमार्कका युवनाथ लम्साल, अष्ट्रियाका प्रकाश सुवेदी र फ्रान्सका दीपक अधिकारी छन् ।

त्यसैगरी, बेलायतका दूर्गाबहादुर सुवेदी, रसियाका ऋषि घिमिरे र स्पेनकी दाबाफुटी शेर्पाले पनि एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।