एनआरएनए स्पेनको राहत प्याकेज:- यस्तो छ अपिल !


बार्सिलोना।  कोरोना भाईरस (कोभिड–१९) को प्रकोपले स्पेनमा झन् भयावह रुप लिदैछ। स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मंगलबारसम्म ३९६७३ जनामा संक्रमण भेटिएको छ। कोभिड–१९ का कारण हालसम्म २६९६ जनाले ज्यान गुमाएका छन् भने ३७९४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। कोरोनाका कारण म्याड्रिडमा मात्र १५३५ जनाले ज्यान गुमाईसकेका छन्। त्यो जम्मा मृत्युहुने संख्याको ५७ प्रतिशत हो। म्याड्रिडमा १२३५२ जनालाई कोरोनाको संक्रमण देखिएको छ। नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ। 

राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो। ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ। पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा ७८६४ जना संक्रमित भेटिएका छन्। कोभिड–१९ को कारण यहाँ हालसम्म २८२ जनाको मृत्यु भएको छ। 

नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो। सो क्षेत्रमा २७२८ जना संक्रमित भेटिएका छन् भने १३३ जनाको मृत्यु भएको छ। नेपाली राजदूताबास म्याड्रिडका अनुसार हालसम्म कुनैपनि नेपालीलाई कोभिड-१९ को संक्रमण भेटिएको छैन। स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउदै आएका छन्।

एनआरएनए स्पेनले राहात प्याकेज बाँड्दै :-

यसैबीच एनआरएनए स्पेनले बिभिन्न शहरहरुमा राहत प्याकेज बितरण गर्न कार्यदल बनाएको छ। वैधानिक रुपमा स्पेनको रेसिडेन्स कार्ड नभएका तथा हालको अवस्थामा रोजगारी,अाय आर्जनका नभएका नेपालीहरुलाई खाद्यान्न बितरण गर्ने संघले जनाएको छ। 

संघले जारी गरेको सूचनासहित 

बिश्व कोरोना भाइरसको (Covid19) महामारीबाट आक्रान्त छ। यस विषम विपतको घडीमा सर्वप्रथम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन सम्पूर्ण स्पेनबासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीमा सकुशलता को कामना गर्दै आँफू र आफ्नो परिवारको स्वास्थमा विशेष संयमता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ।

हाल स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा गइरहेको अवस्था छ यसै अवस्थालाई मध्यनजर गर्दै स्पेन सरकारले रोकथाम तथा निराकरणको लागि आगामी अप्रिल १२ सम्मको लागि Lock down घोषणा गरेको छ। यस अवस्थाले नेपाली समुदायमा पनि विभिन्न खाद्यान्न लगायतका समस्या पर्ने निश्चित प्रायः नै छ। यसै विषम परिस्थितिमा एनआरएनए स्पेनले विशेष गरी रेसिडेन्सी नभएका, भर्खर स्पेन आएका तथा काम नभएका विद्यार्थी र दाजुभाइ तथा दिदीबहिनीहरु लक्षित गर्दै एउटा राहतको प्याकेजको घोषणा गरेको कुरा यहाँहरुलाई पुनः अवगत गराउँदै घोषित राहत संकलन गर्न पीडित दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्नो नाम, बस्ने ठेगाना, फोन नम्बरसहित २९ मार्च २०२० भित्र देहायका व्यक्तिहरूलाई टिपाइदिनु हुन अनुरोध गर्दछौ। यहाँहरुले टिपाउनु भएको नाम लिस्ट र ठेगानाको आधारमा राहत प्याकेज र वितरण गरिने स्थान सहित अप्रिल १ तारिक बाट वितरण गरिने कुरा यहाँहरुलाई जानकारी गराउँदछौ। यो राहत प्याकेज एनआरएनए स्पेन केन्द्र तथा सम्पूर्ण क्षेत्रीय समितिहरु मार्फत वितरण गरिने समेत जानकारी गराउँदछौ। साथै स्पेनका क्षेत्रीय समिति नभएका ठाउँहरुमा समेत त्यहाँ भएका सामाजिक संघसंस्था तथा अभियन्ताहरुसंग सम्पर्क गरी आबस्यकता हेरी आबस्यक सहयोग उपलब्ध गराइने समेत जानकारी गराउँदछौ।

राहत प्याकेज विवरण:

१) चामल ५ के.जी २) दाल २ के.जी

३) तेल १ ४) नुन १ के.जी

५) चीनी १ के.जी ६) गेडागुडी २ के.जी

७)पास्ता २ केजी 

(नोट: राहतको प्याकेज आवस्यकता बमोजिम थपघट गर्न सकिनेछ। जसको सम्पूर्ण अधिकार टास्क फोर्समा निहित रहनेछ।)

राहत वितरणका क्षेत्र तथा सर्तहरू:

१) वैधानिक रुपमा स्पेनको रेसिडेन्स कार्ड नभएका दाजुभाई तथा दिदीबहिनीहरु।

२) हालको अवस्थामा रोजगारी /काम/अाय आर्जनका श्रोत नभएका दाजुभाइ तथा दिदीबहिनीहरु

३) राहत संकलन गर्दा स्वयं व्यक्ति आफ्नो परिचय खुल्ने कागजात सहित उपस्थित हुनुपर्ने।

४) राहत वितरण एनआरएनए स्पेन केन्द्र बार्सिलोना र सम्बन्धित सबै क्षेत्रीय समिति मार्फत नै गर्ने।

राहत संकलनका लागि सम्पर्क व्यक्तिहरु तथा सम्पर्क नम्बर

बार्सिलोना:

दिनेश गुरुङ्ग -676301773

दिनेश गिरी -663619636

राज ढकाल – 631247338

लेकाली घिमिरे -687630606

धुर्ब भट्ट-632983079

गोबिन्द तिमिलसिना- 631650063

सुन्दर रानाभाट- 612202728

माड्रीड:

उत्तर राई-654827089 

सुजील गोले -631669682

मेघनाथ ढकाल -63225502

सुरेश बास्तोला- 673 501 115

जानु गुरुङ्ग -632 086 114

पाइसभास्को 

तुलसी गुरुङ्ग -631739192

कमला बराल -632352400

महनारायण चौधरी – 631057378

कृष्ण सिग्देल-663439409 

ग्रान कानारिया

दीप श्रेस्ठ- 610900040 

पवन राजभण्डारी -670311191

दान बहादुर भुजेल – 677167108

सुन्दर रानाभाट

प्रवक्ता

एनआरएनए स्पेन।