कोरानाका कारण म्याड्रिड दूताबासबाट कन्सुलर सेवा बन्द


बार्सिलोना।  अहिले बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले युरोपेली मुलुक स्पेन बिगत ७ दिनदेखि “लकडाउन” भएको छ। अतिआवश्यक कामका अलवा घरबाहिर निस्कन समेत मनाही गरिएको छ। 

हालसम्म स्पेनमा झण्डै २० हजारको संख्यामा  (कोभिड–१९) संक्रमित भेटीएका छन् भने १ हजार जनाले ज्यान गुमाईसकेका छन्। ४ करोड ७० लाख मानिसहरु घरभित्रै बस्न बाध्य छन्। 

अहिलेको परिस्थितिमा स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको भन्दै नेपाली राजदुतावास म्याड्रिडले कन्सुलर सेवा लगायत सम्पूर्ण काम बन्द गर्ने जनाएको छ। बिहिबार एक सूचना जारी गर्दै दूताबासले भनेको छ,”अहिलेको स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कन्सुलर सेवा लगायत सम्पूर्ण काम बन्द गरिएको छ। तर स्पेनबासि नेपालीहरुको हित तथा सेवामा दूताबास सदैव कठीवद्व रहेको व्यहोरा जानकारी गराउदछौ। 

दूताबासले अतिआबश्यक सेवाका लागि नियोग उपप्रमुख र सहचारीको सम्पर्क नम्बर भने उपलब्ध गराएको छ।