स्थानिय तहका जनप्रतिनिधीहरुको क्षमता बिकासका लागि कार्यशाला


पोखरा-आ-आफनो कार्यक्षेत्रमा शिक्षा क्षेत्रको सुधारका लागि स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीको क्षमता बिकास लागि पोखरामा तिन दिने कार्यशाला सुरु भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीका लागी तिन दिने क्षमता बिकास कार्यशाला आयोजना गरेको हो । कार्यशालामा पोखरा महागरपालिकाका ३३ वडाका जनप्रतिनिीधिहरु सगै शिक्षा समबद्ध पदाधिकारीको सहभागिता रहेको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सन् २०१४ देखि कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा पढन शिप विकास गर्ने उदेश्य सहित सुरु गरेको कार्यक्रम कास्कीका ३७२ विद्यालयमा संचालन गरिएको छ । कास्की सगै कार्यक्रम देशका १६ जिल्लामा संचालित छन् ।
कार्यशालाको उद्घाटन गदै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले शैक्षिक ढाँचालाइ परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
जिसीले समय अनुसार शैक्षिक ढाँचा परिवर्तन सगै गुणस्तर सुधार समेत आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो ,पहिला जस्तो अवस्था अब छैन् प्रविधीको युग आइसक्यो प्रसस्त पुर्वधार छन् । अब पावरवाला चस्मा लगाएर एउटै ब्याक्ति एउटै बिद्यालय धाउने प्रवृति हटाउनु पर्छ उहाको भनाई थियो । रोजगारीलाई ध्यान दिने शिक्षा अवको आवश्यकता रहेको समेत उहाले वताउनुभयो ।

शिक्षकहरुमा म सिनीयर हुँ भनि काम नगर्ने जमाना अव गएको भन्दै कस्ले राम्रो काम गर्छ बिद्यालय संचालनको जिम्मेवारी उसैलाई दिने भन्दै उवको काम कारवाही परिणममा आधारित हुने भनाई उहाको थियो । धेरै विद्यालयहरु पुर्वधारमा सम्पन्न भएपनि बिद्यालय शिक्षकको शैक्षिक सुधार हुन नसकेको भनदै उहाले गुनासो गर्नुभयो ।
प्रमुख जिसीले आफनै भाषा सिकाउनका लागी बिदेशीको सहयोग लिनु लजास्पद भएको बताउदै भन्नु भयो, हाम्रो मातृभाषा को अवस्था यस्तो छ अरु के होला । हामी हाम्रो मातृभाषा पनि राम्रो संग जान्दैनौ, लोप हुने अवस्थामा पुग्यो भन्दै संरक्षणको पहल आवश्यक रहेको बताउनु भयो । महानगरले शिक्षामा अर्ब लगानी गरे पनि सोचे अनुसारको परिणाम भने नआएको बताउनु भयो ।
महानगरमा १७ सय शिक्षक रहेको बताउदै उहाँले सबैले दायित्व पुरा गरे शैक्षिक स्तर माथी उठाउन गाहो नहुने तर्क गर्नुभयो । कार्यशालामा सहभागीहरुलाई सिकेको कुरा आ आफनो कार्यक्षेत्रमा लागू गर्न जिसीको आग्रह थियो ।
कार्यक्रमका सभापती जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले गुणस्तरीय शिक्षा समृद्धिको जग रहेको बताउनु भयो । उहाँले यस्तो कार्यक्रममा सहयोगका लागी सधैभरि बिदेशीको मुख ताक्न नहुने भन्दै स्थानियतहले शिक्षाक्षेत्रको विकासका लागि कार्ययोजना वनाएर अगाडी बढ्न सुझाव दिनुभयो ।

युएसएडका प्रमुख जोडी फेन्सिकाले अमेरिकी जनताको सहयोगले नेपालका बालबालिको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउदा गर्व लागको बताउनु भयो । सवैको लागि आ आफनो मातृभाषा महत्वपुर्ण हुने भएकाले बालबालिकाको भाषा सुधारमा केन्द्रित रहि आफुहरुले काम गरेको र काममा उल्लेखनिय सुधार हुदै गएकोमा खुशी ब्यक्त गर्नु भयो ।

शिक्षा बिकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले मातृभाषामा शिक्षा आवश्यक रहने कुरामा जोड दिनु भयो । उहाँले बिद्यालयको कम्पाउण्ड भित्र बालबालिका प्रति शिक्षकको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
कार्यक्रममा कार्यक्रमका संयोजक नारायण कृष्ण श्रेष्ठले कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका कास्की संयोजक कुष्ण खतिवडाले कार्यक्रमको मध्यावधि मुल्याङकन प्रतिवेदन अनुसार शुद्धसंग लेख्ने सगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा धेरै बृद्धी भएकोले कार्यक्रम अपेक्षकृत नतिजा नजिक पुगेको बताउनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका शैक्षिक महाशाखा प्रमुख बद्रिनाथ सुवेदी, शिक्षा बिकास समन्वय इकाइ कास्की फोकल प्रर्सन बबीता शर्माले कार्यक्रमका विविध पक्षका वारेमा सहभागीहरुलाई जानकार िदिनुभएको थियो ।