वृहत फेदीखोला पोखरा सम्पर्क समाज गठन


पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा जन्म भई पोखरामा वसोवास गर्ने फेदीखोलाबासीहरुले वृहत फेदीखोला पोखरा सम्पर्क समाज गठन गरेका छन् ।

समाजको अध्यक्षमा अविलास गुरुङ, उपाध्यक्षमा कृष्ण क्षेत्री, सचिवमा जगदिश लामिछाने, कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा झम्कनाथ सुवेदी, लालबहादुर कार्की, मनोज कुमार विक, मिनप्रसाद सुवेदी, कुलबहादुर रानाभाट, प्रकाश श्रेष्ठ, दिर्घ बहादुर गोदार रहेका छन् ।

उपाध्यक्ष कृष्ण क्षेत्रीको संयोजकत्वमा सचिव जगदीश लामिछाने लगाएत सदस्य रहेको संस्था दर्ता उपसमितिले संस्थालाई जिल्ला प्रशासन कार्यलय कास्कीमा हालै विधिवत दर्ता गरेको छ ।

समाजको पहिलो बैठकले सूचना अधिकारीमा संस्थाका सचिव जगदिश लामिछाने र मिडिया संयोजकमा पत्रकार कृष्ण रानाभाटलाई चयन गरेको संस्थाका उपाध्यक्ष कृष्ण क्षेत्रीले वताए ।

फेदीखोलाका बहुसंख्यक मानिसहरु शिक्षा, व्यवसाय, व्यापारलगाएतका काममा पोखरामा भएतापनि एक आपसमा चिनजान र परिचय नभएका कारण मर्दापर्दा समेत एकजुट हुन नसकिरहेको अवस्थामा साविकका ४ वटा गाविसका मानिसहरुलाई एक ढिक्का वनाई भाईचाराको सम्बन्ध विस्तार गर्न समाज गठन गरिएको अध्यक्ष अविलास गुरुङले वताए ।

साविकका बाँगे फड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिलाई समेट्ने भएकाले संस्थाको नाम वृहत फेदीखोला पोखरा सम्पर्क समाज राखिएको संस्थाका सचिव एवं सूचना अधिकारी जगदिश लामिछानेले वताए ।