चोरी गरेर भाग्दै गर्दा कास्कीमा दुई जना पक्राउ


पोखरा ,भदौ ४-

चोरी गरेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल परियार र सुनिल श्रेष्ठ रहेका छन् । कास्कीको भलाम गाविस १ बस्ने नविन बस्नेको घरमा ल्याटप चारेर भाग्दै गरेको अवस्थाा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरी गरेको ल्यापटप थान(२,चार्जर र नोकिया मोवाईल सहित पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरीरहेको छ। निजहरु सहित अन्य २ जना समेत ४ जनाको समुहले विहान बस्नेतको घरमा कोही नभएको समयमा घरको ढोकाको ताला फोडी घर भित्र पसी बैठक कोठामा रहेको ल्यापटप, क्यामरा,नोकिया मोवाईल सहितका सामानहरु चोरी गरी भाग्दै गरेको अवस्थामा भलाम गाविस वडा नं १ कालीखोलाबट प्रहरीले पक्राउ गरेको छ भने चोरीमा संलग्न अन्य मानिसहरुको तदारुकताका साथ खोजतलास भईरहेको छ ।