दीपक मनाङे कास्की प्रहरीद्दारा पक्राउ


पोखरा- एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङलाई हातपात र दूव्र्यवहार गरेका सांसद राजीव गुरुङ उर्फ (दीपक मनाङे) लाई कास्की प्रहरीले बिहिवार अपरान्ह पोखरा लेकसाइडबाट पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको केहि बेरमै मनाङेलाई कास्की प्रहरीको एक टोलीले लेकसाईडबाट पक्राउ गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेपछि जिप्रका कास्कीको टोलीले पक्राउ गरेको गण्डकी प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले बताउनु भएको छ ।

मंगलवार पोखराको भण्डारढिकमा रंगशालामा मुख्यमन्त्री कप शुरु हुनुुअघि मनाङेले मीलनलाई कुटपिट गरेका थिए । वुधवार एन्पाm कास्की अध्यक्ष मीलन गुरुङले आफुलाई सांसद मनाङेले हातपात, कुटपिट तथा दूव्र्यवहार गरेको बताउँदै जीउँ ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी निवेदन दिएका थिए । उनले वुधवार नै एन्फा उपाध्यक्ष कृष्ण थापासंगै आफुमाथि मनाङले गरेको हातपात, दूव्र्यवहार र कुटपिटको बारेमा लेकसाईडस्थित बगैंचा होटलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए । सोहि कार्यक्रममा एन्फा उपाध्यक्ष थापाले सांसदले आफ्नो मर्यादालाई ख्यालै नगरी कुटपिट गरेको भन्दै एन्फाले केन्द्रमा घटनाको बारेमा गम्भिर छलफल गरिहेको बताउनु भएको थियो ।

वुधवार अपरान्हमा नै सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि पत्रकार सम्मेलन गरेर आफुलाई अति भएपछि हातपात गर्न वाध्य भएको बताएका थिए । उनले मीलनलाई एन्फाले पठाएको पैसा खाएको र खेल हुनु भन्दा अघि खेलाडीको बन्दोबस्त नगरेको, टाईसेट निकाल्दा विभेद गरेको र टाईसेट फिक्सिङ गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा उनले एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पालाई समेत झापड हान्न सक्ने बताउँदै रिस मरिसकेको बताएका थिए । साथै उनले मुख्य मन्त्रीले झापड हान्नुपर्नेमा आफुले हानेको र ठगीको आरोप लगाउँदै झापड नहानेर के माला लगाईदिने ? भन्दै आक्रोसित मुद्रमा प्रश्न गरेका थिए ।