भ्रमण वर्षमा पोखराको कोशेली टोपी, स्वेटर गलवन्दी र झोला


पोखरा- झम झम परेको पोखराको पानीको कुनै प्रवाह नगरी पोखराकी चल्चापुर्जा समाजसेवी तथा राजनीतिककर्मी अन्जु क्षेत्रीले रातो रंगको डियो सकुटरलाई स्टायाण्ड लगाउदै भनिन्–“वाच्नको लागि केहि गर्नु पर्छ नत्र हामीले अरुलाई भनेका कुराहरु आदर्श मात्र हुन्छन्, व्यवहारीक हुदैनन।” पोखराको महिला अधिकार र सामाजिक विकृतीको अन्त्यका लागि अहोरात्र खटिएकी अञ्जुले पोखराको कोशेलीको रुपमो गलवन्दी, टोपी र स्वेटरलाई उत्पादन तथा वजारीकरण गरेकी छन् । अहिले उनको दिनचर्या विहान वेलुकी अर्डरको सामान सम्वन्धीत स्थानमा पु¥याउने र दिनमा जनप्रतिनिधीको हैशियतले वडा कार्यालयमा विताउने गर्छिन् ।

पोखरा महानगरपालिका वडा नं ५ कि महिला सदस्य र नारी जागरण केन्द्र कास्कीको संयोजक समेत रहेकी क्षेत्रीले समृद्धिका लागि सवैले कुनै न कुनै उद्यम गर्नु पर्ने धारणा राखिन् । हामीले अरुको लागि नसके पनि आफ्नो लागि त केहि गर्नु पर्छ आर्मी रंगको रेनकोट खोल्दै उनले भनिन् ।
सरकारले पनि नेपाल भ्रमण वर्ष २०२० सुरु गरिसकेको छ । यसै सन्दर्भमा अन्जुले भ्रमण वर्षलाई सहयोग गर्ने भन्दै पोखराको कोशेलीको रुपमा नेपाली गार्मेण्ट उद्योगवाट उत्पादिन टोपी, मफलर, स्विटर, झोला उत्पादन र वजारी करण गरिरहेकी छन् ।
उनि भन्छिन्–“नेपालले २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सहित भिजिट नेपाल २०२० मनाउँदै छ प्रत्येक नेपालीको सहभागिता र सहयोग विना यो सम्भव हुदैन ।”

वुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको छ । लिडासले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अंकित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ ।
अञ्जु सहित ५ जनाको संयुक्त लगानी रहेको कम्पनीको वजारी करणको काम अञ्जुले गरेकी छन् । आफ्नो खर्चका लागि काम गर्नु पर्छ अनि मात्रै समाजले विश्वास गर्छ उनले भनिन् । समाजका लागि उधाहरणीय वन्न पनि सवै भन्दा पहिला पसिनामा विश्वास गर्नु पर्ने उनको तर्क रहेको छ ।
उनि सहित कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्काको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटनमन्त्री विकास लम्साललाई भेटे ।
मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट हुनुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै गण्डकी सरकार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तयार रहेको बताए । उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्ध नेपालको सपना साकार हुने बताए ।
पर्यटनमन्त्री लम्सालले भ्रमण वर्षको प्रसार र पर्यटकलाई उपहारका लागि यस्ता सामग्री निकै उपयोगी हुने विचार राखे । उनले गण्डकी सरकारले एक हजार गलबन्दी र १ हजार स्वेटर खरिद गरी सरकारका विभिन्न तहमा वितरण गर्ने प्रतिवद्धता गरे । उनको यो अभियानलाई गण्डकी प्रदेशका सवै जिल्ला र जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी निकायहरु र जनप्रतिनिधीहरुले पनि नया ठाउँमा जादा कोशेलीको रुपमा लैजाने गरेको अञ्जुको भनाई रहेको छ ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेशको लोगो अंकित सामानहरु समय अनुसार जाडो र गर्मी दुवै सिजनका उत्पादन गर्ने तयारीका साथ काम भएको पनि संचालक अञ्जुले जानकारी दिईन् । उनले भनिन्–“हामीले हाम्रा उत्पादनहरुलाई समय सापेक्ष रुपमा परिवर्तन गरेर पोखराको र यो प्रदेशकै कोशेलीको रुपमा विकास गर्ने लक्ष्य पनि लिएका छौं ।” आवस्यक परेमा पोखरामै उद्योग राखेर काम गर्ने सोच पनि अञ्जुको रहेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक खड्का १५ वर्ष विदेश बसेर फर्किएका हुन् । अञ्जु सहित ५ जनाको ७ करोड लगानीमा स्थापित लिडासमा ७० जनाले रोजगारी पाएका छन् ।
लिडासका उत्पादनलाई अमेरिका, स्वीटजरल्यान्ड, वेलायत, अस्टेलियामा पनि पु¥याइ सकिएको छ । अञ्जु भन्छिन्–“हामीले सबै विदेशमा बनेका सामान किन बेच्ने ? देशको भ्रमण वर्ष प्रवद्र्धन गर्दै हाम्रा उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न यसलाई प्लेटफर्म बनाएका छौं ।’