ग्लोवल बैंकको रक्तदान कार्यक्रम सम्पन्न


पोखरा । ग्लोबल आइएमइ बैंकले १३ औं बार्षिकोत्सबको अबसरमा बिहिवार पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले उद्घाटन गर्दै बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत रगतको कमिलाई केही सहयोग होस् भन्ने हेतुले कार्यक्रम गरिएको बताए ।

सो अवसरमा प्रदेश उपप्रमुख अजय थापा, शाखा प्रमुखहरु अर्जुन पौडेल, अरुण भाट, भुवन वाग्ले, दिनेश अधिकारी, मन्दिप बराल, रविन्द्र पौडेल, माधुरी थापा र कामना पौडेललगाएतले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेश मा ३२ शाखा रहेको र निकट भबिस्यमा ४० हुने प्रदेश प्रमुख सिलवालले वताए । केन्द्रिय कार्यलय लगाएत ६ शाखामा आज एकै साथ रक्तदान कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।