बृद्धा महिलाको हत्या गरेको आरोपमा एक युवा पक्राउ


सुन चोरी गरी बृद्धा महिलाको हत्याको आरोपमा ३९ बर्षीय श्रीपाली पक्राउ

पोखरा- बृद्धा महिलाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेकाछन्। म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेमजामा बस्दै आएका ३९ बर्षीय खिम बहादुर श्रीपालीलाई सुन चोरी गरी एक बृद्धा महिला हत्याकोे आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभानकी ६६ बर्षीया चिजा कुमारी विकको हत्या गर्ने श्रीपालीलाई कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरेको हो । तनहुँ व्यास नगरपालिका वडा नम्बर २ उत्तरसिला फिल्म हल नजिकै शनिबार उनलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्र्कीले बताए ।
बृद्धा महिलाको गरगहना चोरेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई गोप्य सुचनाको आधारमा तनहुँ र लेखनाथको सुन पसलमा समेत सुन बिक्रि गरेको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका श्रीपालीलाई कर्तव्य ज्यान र जबरजस्ती चोरी गरेकोले डाँका मुद्धा चलाईएको एस.पी. कार्कीले जनाए ।
यही पुष ६ गते बेलुका करिब ९ः४५ बजे रक्सि खादै चिजाको घरमा पुगेर राति नै उनको घरमा बास बस्ने उद्धेश्यले पुगेका श्रीपालीले चिजाको हत्या पश्चात शवलाई शिरकले छोपेर बाहिरबाट ढोकामा साँचो गायर फरार भएको प्रहरीले जनाएको छ । चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत रहेको एस.पी. कार्कीले बताए ।
उक्त ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर मृत्यु भएको उनले जनाए । श्रीपालीको साथबाट हालसम्म डेढ तोला सुन मात्र बरामत भएको प्रहरीले जनाएको छ । श्रीपालीले बिक्रि गरेको सुन पसलका संचालकलाई अपराधिक गतिविधिमा संगल्न भएको आरोपमा पक्राउ गरिएको एस.पी.कार्कीले जनाए । उनले भने “ कुनै पनि सुनको कारोवार गर्दा बिल बिजक बिना गरिएको कारोवार अबैध हुन्छ, यसो नगर्न हामीले पहिले देखि सुचना जारी गर्दै आएका थियौं, यस घटनमा अपराधसंग जोडिएकोले सुन किन्ने पसल संचालक उपर पनि कारवाही हुन्छ । ” चिनेजानेका मान्छेसंग समेत पैसा लिने गरेका श्रीपाली विगत ७ बर्ष कतारमा बसेर नेपाल आएको प्रहरीले जनाएको छ । उनले ५ जनासम्म श्रीमती बनाएको बताईएको छ । पुष ६ गते चिजाको घरमा बस्ने कुराकानी गरेसंगै चिजाका नातिले बिस्तारा समेत मिलाएको तर तालि आफ्नो घरमा गएसंगै गरगहना लुटपाट गरी हतया गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या गरेकै दिनमा आफन्तको घरमा पुगेका श्रीपाली भोलि पल्ट पुष ७ गते पोखरा २७ मा एक सुन पसलमा केही सुन बिक्रि गरी तनहुँ लागेका थिए । अर्को दिनमा तनहुँ पनि बाँकी रहेको सुन बिक्रि गरी तनहुँ १ भादभाउँमा डेरामा कोठो लियर बस्नको लागि फर्किचर समेत लिएका थिए ।