म्याड्रिड दूताबासमा पर्यटन प्रवद्वन कक्ष,एनआरएनए डेस्क संचालनमा


बार्सिलोना।  नेपाल भ्रमण बर्ष सफल पार्नको लागि म्याड्रिडस्थित नेपाली दूताबासमा पर्यटन प्रवद्वन कक्षको स्थापना गरिएको छ। एनआरएनए स्पेनसँग सहकार्य गर्दै भ्रमण बर्षलाई सफल पार्न दूताबासले यसै महिनादेखि छुट्टै प्रवद्वन कक्ष संचालनमा ल्याएको हो। 

एनआरएनको सहयोग लिन र पर्यटन प्रवद्वन कक्षका लागि सहयोग पुग्नेगरी एनआरएनए डेस्क समेत स्थापना गरिएको दूताबासले जनाएको छ। 

नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी रुपमा प्रबर्द्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण बर्ष २०२० को सचिवालयबीच सहमती भएसँगै संघले एनआरएनए डेस्क स्थापनाका लागि पहल गरेको एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले (देउकाजी) जानकारी दिए। 

“नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सम्बन्धीत दूतावसतावाससंग सहकार्य गरि दूतावासभित्र स्थापना गरेको नेपाल भ्रमण डेक्स संचालनको लागि १/२ जना स्वयंमसेवकको व्यवस्था गर्ने एनआरएनको केन्द्रिय निर्णय अनुसार नै हामीले पनि डेस्क संचालनमा ल्याएका हौ।” अध्यक्ष गुरुङले भने। 

दुईसाताअघि म्याड्रिडमा सम्पन्न पर्यटन प्रवद्वन कक्ष उद्घाटन समारोहमा नेपाल सरकारका बन तथा बाताबरण मन्त्रि शक्तिबहादुर बस्नेत, राजदूत दावा फूटी शेर्पा,एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङ लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।