छोरेपाटन माविमा पेशागत विकास कार्यक्रम


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई पेशागत विकास कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत दक्षता विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष रवीलाल शर्मा, विव्यस सदस्य वद्रीनाथ पहारी, सहायक प्रधानाध्यापक डिल्लिराम शर्मा, शिक्षक विमल आचार्यले आफ्ना भनाई राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरण प्रशिक्षक रामप्रसाद सुवेदीले गरेका थिए भने संचालन शिक्षक खेमराज वरालले गरेका थिए ।