हेरिटेज अफ फेसन नेपाल सिड्नीमा हुने


पोखरा – एएसएपी इन्टरटेनमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा हेरिटेज अफ फेसन नेपाल कार्यक्रमको आयोजना हुने भएको छ । आगामी फ्रेबुअरी १५ तारेखमा हुने यो कार्यक्रमको बारेमा आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । नेपाली संस्कृतीको बारेमा विदेशमा जानकारी गराउदै भिजिट नेपाल २०२० लाई सहयोग पु¥याउनका लागि यो कार्यक्रम सिड्नीमा आयोजना गर्न लागेको अधिकारीले बताए । जसको लागि ¥याम्प वाल्कमा उतारिने मोडललाई अडिसन मार्फत अष्ट्रेलियामानै अडिसन मार्फत छनोट गरिनेछ । अडिसनको लागि आवेदन खुलिरहेको उनले जनाए ।

फेसन सो मा नेपाल, भारत, चाइना, अष्ट्रेलिया आदी देशका मोडलहरु छानिने आयोजकको भनाई छ । २५ देखि ३० जना मोडललाई ¥याम्प वाल्कमा देखाइनेछ । जसमा पुरुष मोडलको संख्या ५ जना मात्र हुनेछ । बुद्ध वाज बर्न इन नेपाल’, ‘निर्माण कन्सट्रक्सन अफ हेरिटेज’, ‘नेपाल सौन्दर्य’ र ‘दरबार’ डिजाइनमा मोडलहरु सजिएर दर्शकमाझ प्रस्तुत हुनेछन् । नेपालबाट गायक धिरज राई, मोडल प्रशान्त ताम्राकार जाने निश्चित भएको छ । दुई जना डिजाइनर र अन्य केहि सेलिब्रेटी समेत सो मा सहभागी हुने अधिकारीले जनाए ।

यसअगाडी एएसएपी इन्टरटेनमेन्टले पोखरामा हेरिटेज अफ फेसन नेपाल नामको फेसन शोे आयोजना गरेको थियो । फेसन शो मा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी कुल २७ जना मोडलहरुले ¥याम्प वाल्कमा देखिएका थिए । पोखरामा देखाइएकै ड्रेसलाई अष्ट्रेलियामा उपलब्ध मोडल मार्फत तहाँ प्रस्तुत गरिने आयोजकको तयारी छ ।
यसका अलावा एएसएपी इन्टरटेनमेन्ट एसोसियट रहेको तथा सन्तोष अधिकारी सह–निर्माता रहेको नेपाली चलचित्र ‘आमा’को प्रर्दशन समेत अष्ट्रेलियामा गर्ने तयारी गरिएको छ । आगामी फागुन ९ गते शिवरात्रीको दिनबाट नेपालमा रिलिज हुन लागेको यो चलचित्र अष्ट्रेलियामा समेत प्रर्दशन गर्ने तयारी भइरहेको सह निर्माता अधिकारीले जनाए । ‘आमा’ चलचित्रको ट्रेलर पौष ३ गते रिलिज हुँदैछ । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा नायिका सुरक्षा पन्त मुख्य भुमिकामा छन् ।