पिपिएलमा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनको विजयी सुरुवात


पोखरा – पोखरा रंगशालामा आइतबार देखि सुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्ररतियाेगितामा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिला टस हारेर पनि व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा १ सय १५ रनको योगफल तयार पारेको थियो । १ सय १६ रनको लक्ष्य पाएको पोखराले १४.१ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भएको हो ।
पोखराको जितमा प्लेर अफ दी म्याच घोषित कुशल भुर्तेलले अर्ध शतक पुरा गरे । उनले ४३३ वलमा ६५ रन जोडेका थिए । त्यस्तै आशिफ सेखले १० बलमा १४ रन र रवि इन्दर सिंहले ३२ बलमा ३८ रन जोडेका थिए । काठमाण्डौंका शुसान भरीले खेलको ५ औं ओभरमा एक विकेट लिएका थिए । काठमाण्डौंका सुवोद भातीले ४५, गौरव तोमरले १३, सुसन भारीले १० रन जोडे । अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्। पोखराका ललितनारायण राजवंशी, रसिद खान र कुशल मल्लले २÷२ विकेट लिदा र सर्वजित लड्डा, प्रथमेस डेकले समान १÷१ विकेट लिएका थिए ।
शनिबार देखि हुने भनिएको पिपिएल प्रतिकुल मौसम (पानी परेका) का कारण आज (आइतबार) देखि संचालन भएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । पुष १२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गरे ।
यसैबिच, भोलि सोमबार लिगका दुई खेल हुने भएकाछन्। पहिलो खेल बिहान ९ बजे विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दोश्रो खेल हुने भएको प्रा.लि.का प्रवन्ध निर्देशक छुम्बी लामाले बताए ।