गुप्तेश्वर क्याम्पसमा अभिमुखीकरण तथा स्वागत् कार्यक्रम


पोखरा २६, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा–१७, छोरेपाटनमा वी.एच.एम. र वी.आइ.एम. कार्यक्रमका विद्यार्थीहरुको लागि १ दिने स्वागत् तथा अभिमुखीकरण कार्यक्रम विहीबार सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्याल, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वहाँले पूर्णरुपमा अनुशासनको पालना गर्दै भोलि विभिन्न संस्थाहरु हाक्ने गरी दक्ष जनशक्ति बन्नको लागि प्रेरणा दिनु भएको थियो ।

त्रिभुवन विश्वविद्याल मातहत रहेका विद्यार्थीहरु र विशेष गरी वी.एच.एम. र वी.आइ.एम. अध्ययन गर्ने विद्यार्थीहरुबाट अन्य विद्यार्थीले सिक्ने गरी मेहनत गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यसै गरी सहायक डीन दिनेशमणी घिमिरेज्यूले विद्यार्थीहरु कुलतमा लागे भोलिका दिनमा पछुताउनु पर्ने भएकाले समयको पूर्ण सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यसै गरी वहाँले सेमेष्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीहरुले विशेष ख्याल राख्नु पर्ने विषयमा समेत चर्चा गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. भूपति ढकाल ‘‘कमल’’ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख श्रीधर्मराज बरालले कार्यक्रम माथि उद्देश्य प्रकाश पार्नुभएको थियो भने उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रा.डा. टंकराज अधिकारी, विद्यार्थीत्रय रितिष्ठा श्रेष्ठ, स्नेहा सुनार, निरुता अधिकारीले समेत बोल्नु भएको थियो । विभिन्न साँस्कृति कार्यक्रम सहित रहेको कायक्रममा नवआगन्तु विद्यार्थीहरुलाई स्वागत् समेत गरिएको थियो ।

वी.आइ.एम. अध्ययन गर्ने विद्यार्थीहरुको लागि क्याम्पसले १/१ थान ल्यापटप कम्प्युटर समेत हस्ताण्तरण गरेको थियो भने कार्यक्रमको सञ्चालन गुणस्तर प्रत्यायन प्रमुख श्रीमोहन भण्डारीले सञ्चालन गर्नु भएको थियो ।