छोरेपाटन माविको १२ कोठे नयाँ भवनको शिलान्यास


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास विहिबार गरिएको छ।

पोखरा १७ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तिर्थराज अधिकारीले नयाँभवनको शिलान्यास गर्दै समय अनुसार आधुनिक सुबिधा सम्पन्न भवन वनाउनु पर्ने वताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले ४ तलाको १२ कोठाको १२ हजार स्क्वायर फिटको, नवनिर्मित भवन करिब ४ करोड लाग्ने र १५ महिनामा निर्माण सम्पन्न हुने जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले २०४६ सालमा बनाइएका पूर्वाधारहरु पुराना भैसकेका र भूकम्पीय जोखिममा रहेकाले यी अवैज्ञानिक संरचनालाई विस्तापित गर्दै अत्याधुनिक भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आजको आवश्यकता रहेको वताए ।

नर्सरी देखि १२ सम्म अध्ययन हुने सो विद्यालयमा २३ सय विद्यार्थीहरु अध्ययन गर्दछन् ।

विद्यालयमा हाल प्लस २ भवनमा १८ कोठा, ९ र १० भवनमा १२ कोठा, शिशु देखि आधारभूत तहको भवनमा २५ कोठा रहेका छन् । त्यस्तै अन्य १५ कोठामा ल्याव, अफिस, प्रशासनहरु र क्यान्टिन रहेका विद्यालयका सह प्रधानाध्यापक तथा कार्यक्रम संचालक डिल्लीराम शर्माले जानकारी दिएका छन् ।