साग अन्तर्गत महिला फुटवलमा नेपाल उपाधि नजिक


पोखरा- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटवलमा नेपाल फाइनलउपाधि नजिक पुगेको छ । पोखरा रङ्गशाला भित्रको फुटबल स्टेडियममा आज भएको दोश्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकमा नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले आज भएको खेलमा मालदिभ्सलाई ३–० को नमीठो हार चखायो ।

दुई खेल लगातार जितेको नेपाल लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालका लागि तीनै गोल गरेकी सावित्राले माल्दिभ्स विरुद्ध पहिलो हापमा दुई तथा दोस्रो हापमा एक गोल गरिन् । उनले खेलको १६ औँ मीनेटमा गोल गर्दै नेपालको खाता खोलिन् । अनिता बस्नेतको पासमा सावित्राले हेडर गोल गरेकी हुन् । लगत्तै पाएको अर्को अवसरमापनि उनले जाली चुमाइन् । गोलपोष्ट नजिकै रहेकी उनले गोल गर्दै पहिलो हाफमा नेपालको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा भने उनले पेनाल्टीमार्फत गोल गरिन् । ईञ्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भडारीलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरलाई उनले गोलमा परिणत गरेकी हुन् । दायाँ साइड च्यापेर प्रहार गरेको उनको प्रहारले सिधै जाली चुमेको थियो ।

यसैबीच, विहीबारको खेलमा ह्याट्रिकसँगै सावित्रीले किर्तिमान कायम गरेकी छन् । विहीबारको ३ गोल थपिएसँगै सावित्रीले अन्र्तराष्ट्रिय गोल संख्या ३८ पु¥याएकी छन् । यो अहिलेसम्मकै नेपाली खेलाडीले बनाएको सबैभन्दा धेरै गोल हो । यसअघी अनु लामासँगै ३५÷३५ गोलको बराबरी गरेकी सावित्रीले विहीबारको खेलसँगै नया रेकर्ड कायम गरेकी हुन् ।