प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलसिस


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ ।प्रधानमन्त्री ओलीको आज ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक एव‌ं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात शनिबारनै बालुवाटार फर्कीए ।