अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक समाज अध्यक्षमा स्पेनका दीपक खरेल


काठमाण्डौ।  स्पेननिबासी ब्यबसायी दीपक खरेलले अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको नेतृत्व सम्हालेका छन्। सोमबार काठमाण्डौमा सम्पन्न समाजको पहिलो महाधिवेशनबाट खरेल निर्बिरोध निर्बाचित भएका हुन्। झन्डै डेढ दशक देखि युरोपमा बस्दै आएका खरेल एनआरएनए अभियानमा पनि सक्रिय छन्। उनि सन् २०१३- २०१५ को कार्यकालमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत थिए।

समाजको नेतृत्व सम्हालेपछि खरेलले मुलकको हित र जिल्लाका परोपकारी काम गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्। उनले भने,” आ-आफ्नो ठाउँवाट इमान्दारीपूर्वक कर्तब्य निर्बाह गर्न जरुरी छ। बिश्वभर छरिएर रहेका काभ्रेलीले पनि समृद्ध नेपाल निर्माणका लागि हातेमालो गर्नुपर्दछ।”

नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त हुँदा आफ्नै सक्रियतामा बार्सिलोनाका सार्बजनिक बसहरुमा नेपालको प्रचारप्रसार गरेको स्मरण गर्दै उनले संसारभर रहेका काभ्रेलिहरुलाई यस्तै अभियान चलाउन प्रेरित गर्ने बताए। खरेलले भने,’नेपाल भ्रमण बर्षलाई सफल पार्न जातीय,क्षेत्रीय,राजनीतिक संघसंस्था लगायत एनआरएनले हातेमालो गर्नुपर्छ।”

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा दिनेश उप्रेती (बेल्जियम),नन्द ढुंगाना (कतार),महिला उपाध्यक्षमा संगम भण्डारी महासचिब – मोहन विष्ट (अमेरिका),सचिब – सुरेश राज त्रिपाठी (साउदिअरब)र कोषाध्यक्षमा जेनकुमार लामा (साउदिअरब) चयन भएका छन्। मध्यपूर्व संयोजकमा दिल लामा (युएई) र युरोप संयोजकमा चिनिया दुवाल (बेल्जियम) रहेका छन्। 

यस्तै कार्यसमिति सदस्यहरुमा अशोक उप्रेती (इटाली),शम्भु गौतम (पोर्चुगल),नारायण विष्ट (कतार),यम श्रेष्ठ (कोरिया),श्याम शैजु (अष्ट्रेलिया),श्रवणकुमार सत्यालद (जापान) र इन्दिरा त्रिपाठी (अमेरिका) चयन भएका छन्। 

कार्यक्रमका प्रमुखअतिथी लोक सेवा आयोगका प्रमुख उमेश प्रसाद मैनालि र बिशेष अतिथि प्रदेश सभासद चन्द्र लामाले अधिवेशनको उद्घाटन गरेका थिए। कार्यक्रममा  पुर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल,जिल्ला बिकास सम्मन्वय समिती काभ्रेका अध्यक्ष उद्दब केसी,नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य,प्रदेश सभा सदस्य चन्द्र लामा लगायत नगरप्रमुख सहितका  बिशिष्ट ब्यक्तिहरु उपस्थित थिए। 
तदर्थ समितिका निवर्तमान अध्यक्ष कपिलदेव थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।