अधिकृत समाजको शुभकामना आदानप्रदान कार्यक्रम


पोखरा । कस्केली अधिकृत समाज कास्कीको आयोजनामा विजया दशमी, शुभदिपावली, छठ लगाएतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा स्वस्थ्यको लागि मासु र साबधानी विषयमा डाक्टरद्धारा विषेश जानकारी दिइएको छ ।

पशुसेवा तालीम केन्द्र पोखराका तालिम प्रमुख डा. दीर्घनाथ ढुंगानाले नेपालीहरुले चाडपर्वमा सामान्य भन्दा बढि मासु खाने भएकाले साबधानी अपनाउनु पर्ने आईतबार भएको कार्यक्रममा वताए।

डा. दीर्घनाथ ढुंगानाले स्वास्थका लागि मासु र साबधानी बिषयमा प्रशिक्षण दिदै ताजा, स्वस्थ मासु दैनिक वढिमा सय ग्राम र हप्तामा ५ सय ग्राम मानिसलाई अवश्यक पर्ने वताउँदै अन्य खाद्यान्नको तुलनामा मासु पचाउन धेरै इनर्जी खर्च लाग्ने हुँदा टाउको दुख्ने, हड्डी कमजोरको समस्याहरु हुने वताए ।

कास्की जिल्ला भित्र स्थायी घरबास भएका वा अन्य जिल्लाबाट कास्की जिल्लामा स्थायी रुपले वसाई सरी घरबास गरी वसेका नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका कार्यालय वा संघसंस्थानमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुलाई एकताको सुत्रमा आवद्ध गर्ने उद्धेश्यले २०६२ सालमा कस्केली अधिकृत समाज स्थापना गरिएको अध्यक्ष दुर्गाबहादुर शाह बाबाले वताए ।

समाजका संस्थापक अध्यक्ष कृष्णकान्त सिग्देल, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोला, समाजका सल्लाहकारहरु भगवान पन्त, प्रेमप्रसाद गौतम, बिष्णुप्रसाद बराल, शिवहरी शर्मालगाएत सबैले शुभकामना मन्तव्य राखेका थिए ।

स्थापनाकाल देखि नै वार्षिक रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको समाजले विगत ७ वर्षदेखि विभिन्न विषयमा विज्ञता हासिलगरेका अधिकृतहरुले लेखेका लेखहरु अधिकृत आवाजमा मार्फत प्रकाशन गर्दै आई रहेको र हाल चार सय भन्दा वढि सदस्य रहेको सचिव लोकनाथ दवाडीले वताए ।

समाजका अध्यक्ष दुर्गा बहादुर शाह बाबाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले र संचालन सचिव लोकनाथ दवाडीले गरेका थिए