चितवनसमाजद्वारा दशैतिहारको शुभकामाना आदनप्रदान, हाजिरीजवाफमा बाग्लुंग पहिलो


बार्सिलोना। स्पेनमा बिभिन्न संघ संस्थाहरुले चाडपर्वको अबसरमा बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन्। दशै र तिहार नजिकै आउँदा चितवन समाज स्पेनले प्रत्येक बर्ष बौद्धिक कार्यक्रमको आयोजना गर्दै आएको छ। झन्डै एक दशक अघि देखि सुरु भएको यो परम्परालाई समाजले यसबर्ष पनि निरन्तरता दियो। बौद्धिक कार्यक्रम अन्तर्गतको हाजिरीजवाफ प्रतियोगितामा बाग्लुंग समाज स्पेनको समूह पहिलो बनेको छ। बिजेता समूहबाट हिरालाल सापकोटा (डायमण्ड), केदार कंडेल र अरुण घिमिरे सहभागी थिए। 

सोमबार बार्सिलोनामा सम्पन्न प्रतियोगिताको दोस्रो स्थान नेपाली जनसम्पर्क समिति स्पेनले प्राप्त गरेको छ। उपबिजेता समुहबाट उमेशप्रसाद अधिकारी, राम प्रसाद सापकोटा (बिराज) र सम्राट रिजाल प्रतियोगीहरु थिए। 
एनआरएनए स्पेन, महिला फोरम, प्रवासी नेपाली एकता मंच , नेपालोना  ईभेन्ट,पर्बत समाज,स्याङ्जा समाज स्पेन, कास्की सेवा समाज र म्याग्दी प्रवासी नेपाली संघ स्पेन गरी १० वटा समुहहरुले प्रतियोगितामा भाग लिएको समाजका सचिव बिनय अधिकारीले जानकारी दिए। १२ बर्ष मुनिका नेपाली नेपाली पाठशालामा बालबालिकाहरुबीच पनि मैत्रीपूर्ण हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो। 
समाजका अध्यक्ष राजु शमशेर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा आईसीसी सदस्य मुक्त बहादुर गुरुङ लगायत संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। सो अबसरमा बडा दशैं तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गरिएको थियो। 

नेपाली जनसम्पर्क समिति स्पेन
बाग्लुंग समाज स्पेनको समूह