एनआरएनए आईसीसी सदस्यमा सुनिल रानाभाटको उम्मेदवारी घोषणा


बार्सिलोना।एनआरएनए स्पेनका बर्तमान उपाध्यक्ष सुनिल रानाभाटले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार बार्सिलोनामा घोषणासभा कार्यक्रममा बोल्दै रानाभाटले आईसीसी सदस्य पदका लागि उम्मेदवारी दिने बताएका हुन्। 
उनि संघको पाँचौ अधिबेशनमा सर्बाधिक मत ल्याई उपाध्यक्ष पदमा बिजयी बनेका थिए। यस्तै सन् २०१५- २०१७ को कार्यकालमा समेत सचिव पदमा रही काम गरेको उनिसँग अनुभव छ। 

घोषणासभामा बोल्दै उनले दुई कार्यकाल लगातार संघको कुनै कुनै जिम्मेबारीमा रही काम गरेको अनुभवका आधारमा अन्तराष्ट्रिय समन्वय परिषदमा जान अग्रजहरुले सल्लाह र सुझाव दिएकाले आँफूले उम्मेदवारी घोषणा गरेको बताए। उनले अध्यक्षका प्रत्यासी  दिनेश गुरुङ (देउकाजी) को नेतृत्व समूहलाई समर्थन गरेका छन्। 

समाबेशी नाम दीइएको उक्त टिमले नेपाल भ्रमण बर्ष २०२० लाई दूताबाससँग सहकार्य गर्दै सफल पार्ने प्रतिबद्वता ब्यक्त गरेको छ। एनआरएन स्पेनको कार्यालयलाई दिर्घकालिन सोचका साथ संघ संस्थाहरु र नेपाली समुदायको सहयोगमा आफ्नै स्वामित्वमा कार्यलय सहकारीको अबधारणा प्रस्तुत गरेको छ। 

यस्तै एनआरएन स्पेनको बहुउदेश्यीय प्रायोजनको अक्षयकोषको स्थापना गर्ने,स्पेन सरकारका बिभिन्न निकायसँग सम्बन्ध बिस्तार गर्ने लगायतका १३ बुंदे प्रतिबद्वताहरु रहेका छन्।