युरोपबाट शेखर कोईरालाले भने:-म कुनै गुट वा उपगुटमा छैन


कोपनहेगन । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले आँफू कुनै पनि गुट वा उपगुटमा नरहेको बताएका छन्। पार्टी सभापती सिङ्गो पार्टीको सभापती भएर पनि गुटको नेता जस्तो देखिएको भन्दै आँफू त्यस्तो नभएको बताएका हुन्। नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेकोकार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई बलियो र एक बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेको बताए।

नेपाली काँग्रेसको भावी सभापतिको उम्मेदवारका रुपमा हेरिएका कोईरालाले देश तथा विदेशमा रहेका कार्यकर्ताहरुसँग छलफल गरेर मात्रै आफ्नो धारणा बनाउने बताए। हालै सम्पन्न नेपाली काँग्रेसको डेनमार्क भेला तथा प्रशिक्षणमा अनुपस्थित भएका कोईराला मंगलबार कोपेनहेगन आईपुगेका हुन्।  

उनले “द अल्टरनेटिभ पार्टी” डेनमार्कका संस्थापक अध्यक्ष एवं पुर्वमन्त्री उफे एलबेकसॅग पनि भेटबार्ता गरेका छन्। बुधबार कोपनहेगनस्थित संसद भवनमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनितीक अवस्थाको बारेमा छलफल भएको छ। 

कोईरालाले एनआरएनए युरोपेली सम्मेलनमा ईटालीको रोममा पनि पुग्दैछन्। शनिबारदेखि सुरु हुने गैरआवासीय नेपालीहरुको युरोपेली भेलालाई उनले सम्बोधन गर्ने बताईएको छ। बेल्जियमस्थित काँग्रेस कार्यकर्तासँग पनि उनले she भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।