कास्की आदर्श समाज पोर्चुगलको तेस्रो अधिबेशन सम्पन्न


लिस्बन, २९ जुलाई पोर्चुगलको राजधानीमा लिस्बनमा “कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वभिमान” मुल नारा का साथ तेस्रो अधिबेशन सोमबार जिनाजियो क्लब मा सम्पन्न भएको छ । अधिबेशन दुई बर्षको लागि कृष्ण सुवेदीको अध्यक्षतामा, नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति को उपाध्यक्षमा पुर्ण तामाङ, बिक्रम गुरुङ, डिलबहादुर बर्देवा, धर्मराज बराल, अशोक दहाल, महासचिव मेघनाथ सुवेदी (दिपक ) सचिब नवीन तिम्सिना, भुबन बराल, नारायण जङ शाह, राधाकृष्ण आचार्य र कोषाध्यक्ष राजेन्द्र बराल, सहकोषाध्यक्ष शोभा पुरी गिरी रहेका छन । गठित कार्यसमिति सदस्यमा प्रेम गुरुङ, उर्मिला गुरुङ, राजु सुबेदी, कोपिला भुजेल, रबिन पहारी, ओमकार अधिकारी र आनन्द थापा रहेका छन ।

सल्लाहकार नवीन बराल, रेमश आचार्य, मनिराम नेपाली, बिकास गुरुङ, नारायण गुरुङ रहेका छन । समाजले रमेशकुमार गुरुङ को प्रमुख संरक्षक मा गोभिन्द प्रसाद पौडेल, सीता बराल, नारायण गुरुङ, यज्ञ तिम्सिना लाई चयन गरेको छ ।

कास्की जिल्ला घर भही पोर्चुगललाई कर्मथलो बनाउदै आएका कस्केली समुदायका योगदान प्रदान गरेको भन्दै रास्ट्रीय समाचार समिति पोर्चुगलका प्रतिनिधि भगवान गिरी, उत्पीडित जातीय समाज पोर्चुगल का अध्यक्ष मनिराम नेपाली, तमु समाज पोर्चुगलका अध्यक्ष बिकास गुरुङ लाई सम्मान गरेको छ ।

कास्की समाज अन्तर्राष्ट्रिय समितिका संरक्षक एबम पोर्चुगलका प्रमुख संरक्षक रमेशकुमार गुरुङ को प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रम एन आर एन ए पोर्चुगल का अध्यक्ष कुबेर कार्की चेम्बर अफ कमस पोर्चुगल का प्रतिनिधि शम्भु गौतम, कास्की समाजका केन्द्रिय महासचिव तथा निर्वाचन समिति सयोजक गोबिन्द प्रसाद पौडेल लगायतले बोल्दै समाजलाई शुभकामाना दिए।