रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम


पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँ लगाएत कास्की शाखाका मन्त्री धर्म अधिकारी, जिल्ला सदस्य दिपेन्द्र मर्सानी, उपाशाखा ९ का सभापति राजेन्द्र पहारीलगाएतले रक्तदानको महत्व दिन प्रतिदिन वढ्दै गएको वताउँदै तिन तिन महिनामा रक्तदान गर्दा कुर्न हानी नहुने धारणा व्यक्त गरेका थिए ।

उपशाखा सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग महेन्द्र केसी, यशोधरा दुरा, सुस्मिता वरालले गर्नुभएको थियो ।

कार्यक्रम संयोजक तथा उपशाखा कोषाध्यक्ष उत्तम जोशीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन सचिव सागर पोडेलले गर्नुभएको थियो ।

दिवसको अवसर पारेर महेन्द्र मावि पोखरा ९ नयाँवजारमा नेपाल रेडक्रस सोसाईटी पोखरा ९ उपशाखा र नेपाल युवा रेडक्रस महेन्द्र माविको आयोजनामा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई रक्तदान सचेतना कार्यक्रम गरिएको थियो । कक्षागत रुपमा संचालित उक्त कार्यक्रममा विद्यालयका ४ सय ५० जना विद्यार्थी सहभागी रहेको सुर्यप्रसाद ढकालले वताउनु भयो ।