मन्त्री वस्नेतद्धारा फुर्सेखोला कोरिडोर सडक उद्घाटन


पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ र २२ जोड्ने पक्कि ढलान वाटोको शनिबार गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले उद्घाटन गर्नु भएको छ ।

फुर्सेखोला कोरिडोर उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रममा मन्त्री वस्नेतले प्रदेश सरकारले एक निर्वाचन एक सडक कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका ३६ निर्वाचनमा ३६ वटा सडक वनाउने निर्णय वमोजिम फुर्सेखोला करिडोर सडक वनेको वताउदै ३२ वटा वाटोहरु निर्माणको प्रकृयामा गई सकेको र अब ४ वटा मात्रै बाँकी रहेको वताउनु भएको छ ।

उहाँले पाँचवर्षमा ३६ वटा निर्वाचन क्षेत्रमा वाटोको साथै एक घर एक धारा पु¥याउने लक्ष्य अनुसार नै प्रदेश सरकारले काम गरिरहेको र उक्त कार्य सन्तोष जनक रहेको पनि वताउनु भयो । साथै उहाँले राम्रो काम गर्ने उपभोक्ता समितिलाई प्रदेश सरकारले सम्मान गर्ने वताउँदै अनिमियता गर्ने जाकोहिलाई कार्वाही गरिने वताउनु भयो ।

प्रदेश सांसद राजिव पहारीले ठेक्का प्रकृयाबाट विकास निर्माणका काम सरकारले तोकेको मुल्यमा वोलकवोलबाट सस्तोमा काम गरेको जस्तो देखिए पनि उपभोक्ता समितिले गरेको काम तोकिएको भन्दा वढि र गुणस्तरीय हुने भन्दै उपभोक्ता समितिलाई जिम्मा दिनुपर्ने वताउनु भयो ।

सो अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारी, वडा नं. २२ का अध्यक्ष २२ मित्रलाल बराल, नेकपाका गण्डकी प्रदेश सदस्य केशव पौडेलले उपभोक्ता समितिले तोकिएको समय मै गुणस्तरीय कार्य गरेको वताउनु भयो ।

कार्यक्रममा निर्माण कार्य अबधिमा दिनरात खटेर काम गर्ने समितिकी उपाध्यक्ष कोपिला पौडेल, कोषाध्यक्ष अस्मिता बराल, सदस्य लक्ष्मी पौडेल लगायत कार्य सहजीकरण कर्ताहरु ३० जनालाई सम्मान गरिएको थियो ।

फुर्सेखोला कोरिडोर उपभोक्ता समिति पोखरा १७, २२ का अध्यक्ष डम्बरबहादुर थापा पौडेलले ४०० मिटर ढलान वाटो, ८५ मिटर नाला र २२४ थान जाली प्रयोग भएको वाटो निर्माण सम्पन्न गर्न ७३ लाख ८८ हजार लागेको वताउनु भयो ।

साथै मन्त्री लगाएतको समुहले २०४५ सालमा स्थानियले वनाएको पोखरा १७ र २२ जोड्ने कल्वटको पनि निरिक्षण गर्नुभएको थियो । उपभोक्ता समितिले सो स्थानमा पक्कि पुल वनाउन लागत स्टीमेट गर्दा ५० लाख लाग्ने वताए ।

समितिका अध्यक्ष डम्बरबहादुर थापापौडेलको अध्यक्षतामा भएको कार्यक्रमको पोखरा १७ सिमलटुडाँ टोलविकास संस्थाका सचिव भक्तराज रसाइलीले संचालन गरेको कार्यक्रममा निर्माण अनुगमन समिति सदस्य तथा सिमलटुँडा टोल बिकास संस्थाका अध्यक्ष गुप्तबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।