नेपाली कांग्रेसको विश्व भेला डेनमार्कमा शुरु


कोपनहेगन ।

नेपाली कांग्रेसको आयोजनामा विदेश स्थित आफ्ना कार्यकर्ताको विश्व भेला डेनमार्कमा शुरु भएको छ । भेलाको संयोजन जनसम्पर्क समिति डेनमार्कले गरेको छ । भेलालाई सम्बोधन गर्न पार्टी उपसभापति बिमलेन्द निधि, महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेताहरु मिनेन्द्र रिजाल, भिष्मराज आङ्गदम्बे , धराज गुरुङ्, गोविन्द भट्टराई लगायत नेताहरु डेनमार्क आइसकेका छन् ।

भेलाको पहिलो दिन भेलाको उद्घाटन तथा जनसम्पर्क समिति डेनमार्कको चौधौं बार्षिकोत्सब मनाउने कार्यक्रम रहेको छ भने दोस्रो र तेस्रो दिन नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आयोजना गर्ने प्रशिक्षण कार्यक्रम हुने छ ।

भेलाको उद्घाटन कांग्रेस उपसभापति निधीले पानसमा बत्ती बालेर गर्नु भएको थियो भने नेतागणहरुलाई पन्चकन्याले फुल दिएर स्वागत गरेका थिए । पार्टीको नेपालमा चलिरहेको नीति अनुसार नै कार्यक्रमको मोडल तय गरिएको थियो । मन्चमा पार्टी उपसभापति निधी, महामन्त्री शशांक कोइराला र जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीले मात्र आशन ग्रहण गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको लागिनीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल पनि डेनमार्क आइ पुग्नु भएको छ । भेलामा विभिन्न २१ देशका जनसम्पर्क समितिका प्रतिनिधी हरुको सहभागिता रहेको छ ।