नवराज घिमिरेले लिएर आए दौडान् (भिडियो सहित)


स्विट्जरल्याण्ड – गायक नवराज घिमिरेले नयाँ एल्बम दौडान् दर्शक श्राेतामाझ पस्केका छन् । जन्म संखुवासभा भई हाल स्विट्जरल्याण्ड बेर्नमा बसोबास र कार्यरत उनको याे गीतको चर्चा बढ्न थालेकाे छ । हाम्रो समाजमा दाइजोको नाममा हुने बिभिन्न प्रकारका समस्याको समाधान खोज्नु यो गीत को मुख्य उदेश्य रहेकाे घिमिरे बताउँछन्।

दाइजो दोहोरी गीतको शब्द लय सिर्जना नवराज घिमिरेलेनै गरेका हुन् । आवाजमा घिमिरेलाई रिता केसिले साथ दिएकी छन् । गीतकाे भिडियाे समेत उत्कृष्ट बनेकाे छ । निश्चल केसिले निर्देशन गरेकाे भिडियोमा सिसिर श्रेस्ठ्, नाग्मा श्रेस्ठ, रमा थपलिया, केशब शापकोटाले अभिनय गरेका छन् ।
गीतलाई आफ्नो छोरा’ रिदम ‘को प्रथम जन्म दिनको अवसर मा आसिर्बाद स्वरुप भिडियो सहित रिलिज गरेका हुन् ।

गीतको भिडियाे हेर्न तल क्लिक गर्नुहाेस्
https://www.youtube.com/watch?v=AnZpClu3wLI&fbclid=IwAR0orkMQV3YD_TvcTRFx2pitISvBvS6SEHEduLJD-TL3ThXu4LnPJfMUbTk