सडक दुर्घटनामा निधन भएका कोईरालाको बार्सिलोनामै अन्त्येष्टि गरिदै,


बार्सिलोना। स्पेनमा सडक दुर्घटनामा परी निधन भएका पुजन कोईरालाको आज बार्सिलोनामा अन्त्येष्टि गरिने भएको छ। स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका कोईरालाको बिहिबार दिउँसो अन्तिम संस्कार गरिने भएको हो।


क्रेमातोरिया मन्जुईकमा बिहिबार दिउँसो ३ बजे ३:३० बजेसम्म अन्तिम श्रद्धान्जली ब्यक्त गरिने एनआरएनए स्पेनले जनाएको छ। श्रद्धान्जली दिन स्पेन स्थित संघसंस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने भएको छ। २२ बर्षको अल्पआयूमै भएको कोईरालाको असायमिक निधनबाट मर्माहत भएको नेपाली समुदायले उनको परिबारको सहयोगार्थ हालसम्म १७ हजार १ सय ५५ युरो संकलन भईसकेको छ। एनआरएनए स्पेनको संयोजनमा रकम संकलन भएको हो।

साईकलमा सवार कोईरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा गत मई २५तारिख  घटनास्थलमै मृत्यु भएको थियो। होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिडेका उनि बार्सिलोना स्थित ग्रानभिया र बाल्मेस जक्सनमा दुर्घटनामा परेका थिए।

कोईरालाको परिबारमा आमा र दुई दिदिबहिनीहरुमात्र रहेका छन्। यसअघि पितालाई गुमाईसकेका उनि परिबारका एक्ला छोरा हुन्। दुई बर्षअघि अध्ययनका लागि जर्मनी आएका भएपनि, स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिना यता उनि स्पेनमै थिए।

अन्तिम संस्कारमा सहभागिताका लागि

मिति:-६ जुन,२०१९ बिहिबार

समय – दिउसो बजेदेखि ३:३० सम्म

स्थान – Crematoria montjuic

Mare de deu del port

56-58 , 08038 Barcelona

Bus- 21, 107, 125, v25