रिटर्नी माइग्रेंट नेपालको राष्ट्रिय भेला पोखरामा हुने


पोखरा । बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नागरिकहरुले ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजि स्वदेशको लागि’ भन्ने नाराका साथ स्थापना भएको रिटर्नी माईग्रेंट नेपालको पहिलो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।

विहिबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका महासचिव लक्ष्मीप्रसाद आचार्यले बैशाख १५ र १६ गते पोखरामा हुने राष्ट्रिय सम्मेलनमा ५ वटा प्रदेश समिति र २१ वटा जिल्ला समितिका हजारौं सदस्यहरु स्वतःस्फुर्त रुपमा सहभागी हुने वताए ।

उनले बैदेशिक रोजगारबाट स्वदेश फर्किएर अलमलमा परेका, पहिचान विहिन भएका, आर्जित सीप, अनुभव र पूँजी उपयोग विहिन भएका समाजमा सहज रुपमा पुनस्थापना हुन नसकेका नागरिकहरु एकत्रित भएर रोजगारी र उद्यममा जोडिनु नै प्रमुख उद्धेश्य भएकोले संस्थाको केन्द्रिय लगानी वोर्ड मातहत आर.एम.एन. इन्भेष्टमेन्ट कम्पनी स्थापना भई सकेको वताए ।