गुप्तेश्वर महादेव गुफाको अध्यक्षमा पौडेल


पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, सचिवमा हरिप्रसाद लम्साल, सह–सचिवमा महदत्त भट्टराई, कोषाध्यक्षमा ऋषिराम बराल, सह–कोषाध्यक्षमा विजयराज आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

समितिको १ जना उपाध्यक्ष पदमा र ६ जना सदस्यपदमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक योगनाथ ढकालले वताए । निर्वाचनमा उपाध्यक्ष पदका उमेदवार इश्वरीप्रसाद लम्सालले १७४ मत प्राप्त गरी विजयी भए भने सदस्यहरुमा सिता वराल १९४, खेमराज वराल ‘पुष्प’ १९१, युवराज लामिछाने ‘युवक’ १८९, राजेन्द्र प्रसाद आचार्य १८५, कृष्णप्रसाद लम्साल र राजन अधिकारी बराबर १७४ मत प्राप्त गरी आगामी ३ वर्षको लागि निर्वाचित भएका थिए ।

निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरुलाई शनिबार नै सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएका निर्वाचन समिति सदस्य गंगालाल सुवेदीले वताए । निर्वाचन समितिका संयोजक योगनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य हरिराज पोखरेलले गरेका थिए ।