म्याड्रिड राजदूताबासले एनआरएनए लगायत संघ संस्थाहरुसँग छलफल गर्दै



बार्सिलोना।  नेपाली राजदूताबास म्याड्रिड स्पेनले दूताबासका काम कारवाहीका सम्बन्धमा छलफल गर्ने भएको छ। स्पेनमा क्रियाशील बैचारिक संस्थाका प्रतिनिधि तथा एनआरएनए स्पेनको सहभागितामा दूताबासले छलफल गर्न लागेको हो। फेब्रुअरी १८ तारिख सोमबार दिउँसो १ बजे म्याड्रिड दूताबासमा नै छलफल हुने भएको छ।

स्पेनमा क्रियाशील संघ सस्थाको अभिलेख राजदूताबासमा खडा गरी उनीहरुको समेत उपस्थितिमा आगामी अप्रिल देखि दूताबासबाट नियमित “हेयरिङ् एण्ड सेयरिङ्ग” कार्यक्रमको प्रस्ताव दूताबासले राख्ने भएको छ। यस्तै दूताबासवाट कन्सुलर सेवा प्रदान गरिने प्रक्रियालाई अझै सरलीकरण गर्ने र यसमा एनआरएनएको भूमिकाको बिषयमा पनि छलफल केन्द्रित हुने भएको छ।

  • कार्यक्रमबारे  बिबरण:-
  • मिति :- फेब्रुअरी १८ तारिख सोमबार
  • स्थान :- नेपाली राजदूताबास म्याड्रिड स्पेन
  • समय:- दिउँसो १ बजे