स्विट्जरल्याण्डमा ग्याल्बो ल्होसार मनाईयो


स्विट्जरल्याण्ड। शेर्पा सोसाईटी स्विट्जरल्याण्डले ग्याल्बो ल्होसार एक कार्यक्रमका बिच मनाएको छ। स्विसबासि नेपाली समुदाय माँझ सोसाईटीले शनिबार  टुर्गीमा ल्होसार मनाएको हो। शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ। प्रबासमा रहे पनि नेपाली संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरेको सोसाईटीले जनाएको छ।

नेपाली राजदूतावासका द्वितीय सचिव विजय राज तन्डुकारले कार्यक्रममा बोल्दै ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामाना ब्यक्त गरे। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डका अध्यक्ष भुमि गुरुङ लगायत  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रह्यो।

गायक छिरिङ शेर्पाले गीत संगीत प्रस्तुत गर्दै दर्शकको मन जिते। यस्तै भ्वाइस अफ नेपालबाट परिचित बनेका गायक अनिश श्रेष्ठको पनि बेजोड प्रस्तुति रह्यो।