नेपाली पाठशाला बार्सिलोनाको देउसी भैलो कार्यक्रम सम्पन्न


बार्सिलोना।  नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा नेपाली पाठशाला बार्सिलोनाले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। शनिबार एनआरएनए स्पेनको कार्यालयमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो। पाठशालाल लगातार तेस्रो बर्ष आयोजना गरेको कार्यक्रममा स्पेन स्थित ब्यबसायीहरु तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रह्यो।

प्रबासमा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउदै आएको पाठशालाले नेपाली संस्कृति,चाडबाड र रितिरिवाजसँग बालबालिकाहरुलाई परिचित गराउने कार्य पनि गर्दै आएको छ। कार्यक्रममा कलाकारहरु डिक कार्की ,अजय लोप्चन ,बिनोद कटुवाल लगायत बालबालिकाहरुले देउसी भैलो खेल्दै रमाईलो गरेका थिए।

देउसी भैलो कार्यक्रमबाट ७ सय युरो संकलन समेत भएको पाठशाला संयोजक सरला सापकोटाले जानकारी दिईन्। उनले भनिन्,” हामीले यस बर्ष पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिएका छौ। यसअघि ब्यबसायीहरुका पसल तथा रेष्टुरेन्टहरुमा पुगेर नै देउसी खेलेका थियौ।,ब्यबसायीहरुको बढ्दो चापसँगै यसपटक सार्बजनिक रुपमा सूचना गर्दै एकैठाउँमा कार्यक्रम सम्पन्न गरेका हौ। स्पेन स्थित नेपाली समुदायप्रति हामी आभारी छौ।”

देउसी भैलो कार्यक्रममा गान्धी रेष्टुरेन्टले १५१ यूरो,प्रवासी नेपाली मञ्च ५५युरो नेपाली जन प्रगतिशील मञ्चले ५१ युरो
कास्की समाज स्पेनले ५१ युरो सहयोग गरेका छन्। यस्तै दिलनाथ भण्डारीबाट ५० युरो,दिनेश/ज्योती गुरुङ ५०युरो शितल भुर्तेल भुसाल २५ युरो,बिमल गुरुङ २५ युरो,चिन्तामणि सापकोटा २५ युरो र मुक्त बहादुर गुरुङबाट २१ युरो सहयोग प्राप्त भएको पाठशालाले जनाएको छ।

दीपक खरेलबाट २१ युरो,भवानी शर्मा २१ युरो,गोपाल रेग्मी २१ युरो,गौतम गुरुङ १५युरो गंगा भुसाल ११ युरो,कृष्णराम रानाभाट ११ युरो,ऋतु ढुंगाना रेग्मी ११ युरो,पम्फा गुरुङ १० युरो, बिशाल ढुंगाना १० युरो,हिरालाल सापकोटा १० युरो
बिनिता रेग्मी खनाल १० युरो,मनिष श्रेष्ठ १० युरो,बुद्द थापा मगर १० युरो पेसल कु.कोइराला १० युरो
बिनोद तामांग १०युरो र पुनम गुरुङले ५ युरो सहयोग गरेका छन्।

साथै ब्यबस्थापान सहयोगीहरु :-

  • सेलरोटी ब्यबस्थापन:- जमुना सापकोटा,शितल भुर्तेल भुसाल,रीता शर्मा
  • लक्ष्मी पुजा ब्यबस्थापन:- सुनिता रंजित तन्डुकार,पानी चन्द्र गुरुङ
  • खिर:- लक्ष्मी शर्मा रेग्मी
  • तरकारी:- प्रभा अधिकारी
  • प्लेट चम्चा गिलास पेपर :-मायाँ गुरुङ
  • जुस-मनिता मिश्र
  • कार्यक्रम स्थलमा ब्यबस्थापन सहयोगिहरु-बिशाल ढुंगाना,गंगा भुसाल,हिरालाल सापकोटा