इन्द्रेणी सहकारी र गण्डकी मेडिकलका बीच सम्झौता


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेका इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि. र पोखरा–९, नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज अफ मेडिकल साईन्सेसका विच शुक्रबार एक सम्झौता पत्रमा हस्तान्तरण गरेका छन् । शुक्रबार आयोजित सहकारीको ११ औं वार्षिक साधारण सभाको अवसरमा सो सम्झौता गरिएको हो ।

सम्झौता अनुसार इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले गण्डकी मेडिकलमा उपचार गर्दा ३५ प्रतिशतसम्म छुट पाउने कलेजका प्रमुख कार्यकारी अधिकृत कृष्णराज घिमिरेले वताए । उनले हस्पिटलले सहकारीका शेयर सदस्यहरुलाई कुनै पनि समय कुनै पनि उपचारमा सहुलिएत प्रदान गरिने वताए । साथै सम्झौता कागजमा मात्रै नरहि वास्तविक रुपमा पनि हुनेछ भन्ने विश्वास रहेको वताए ।

सहकारीका अध्यक्ष सागर अधिकारीले गण्डकी मेडिकल कलेजको सेवा तथा सर्तहरु अन्य हस्पिटलको भन्दा सहि लागेकोले सम्झौता गरिएको वताए । अव सहकारीका एक हजार ५६ जना शेयर सदस्यहरुले यो सुविधाको उपभोग गर्न पाउने पनि उनले वताए ।

सो अवसरमा संस्थाका सल्लाहकार तिर्थ अधिकारीका छोरा विमल अधिकारीलाई इन्डोनेसियामा भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ खेलमा रजत पदक जित्न सफल भएकोमा, संस्थालाई विशेष योगदान दिने निवर्तमान अध्यक्ष प्रविण पौडेल, उत्कृष्ठ विद्यार्थीहरु समिर गुरुङ, प्रतिभा क्षेत्री, सुवास अधिकारी र विजया अधिकारीलाई सम्मान गरिएको थियो ।

शेयर सदस्यका ७५ वर्ष पुरा भएका बुबाआमाहरु देविप्रसाद भट्टराई, भुवानी पौडेल, पद्मावती सिग्देल, रमादेवि पहारी, पुण्यप्रसाद वराल, ज्ञानमाया दाहाल, दौपती रेग्मी, खड्गबहादुर मल्ल, शशिधर वराल उपाध्याय, गीता वराल उपाध्याय, केशरबहादुर गुरुङ, लाल बहादुर गुरुङ, टोपली वराल, गंगामाया श्रेष्ठ, पदमलाल पौडेल, नन्दप्रसाद आचार्य, जयन्ती आचार्य र डिल्लिराम भट्टराईलाई दोसल्ला, नगद तथा सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्ते जेष्ठ शेयर सदस्य देविबहादुर थापा र संस्थाको आर्थिक वृद्धिमा विशेष योगदान दिएका नारायणप्रसाद आचार्य र देवि चपाईलाई पनि सम्मान गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघ गण्डकी प्रदेश संयोजक भीम गुरुङ, कास्की वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भेषराज बराल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष भूपति ढकाल‘कमल’, जिल्ला सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद वराल, शेयर सदस्य सुवास ढुंगाना, सितल वचत तथा ऋण सहकारीका अध्यक्ष वेदराज ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, निवर्तमान अध्यक्ष प्रविण पौडेल, सल्लाहकार देवराज आचार्यलगाएतले वोलेका थिए ।

संस्थाका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दु कार्की, सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमिति संयोजक नानीबाबु ढकाल र संचालन सचिव डिल्लिराम शर्माले गरेका थिए ।