पोखरा ९ का दुइ शिक्षक सम्मानित, पाश्र्वचित्रको विमोचन


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ शिक्षा समितिले वडा दुई शिक्षकलाई शनिबार सम्मान गरेको छ ।

शिक्षा दिवसको अवसरमा वडा भित्र रहेका सामुदायिक विद्यालय तर्फबाट महेन्द्र माविका शिक्षक पिताम्बर भण्डारी र संस्थागत विद्यालय तर्फबाट सगरमाथा माविका शिक्षक टिकामाया गुरुङलाई सम्मान गरेको हो। उनिहरुलाई प्रदेश सांसद विन्दुकुमार थापा र वडा शिक्षा समिति वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले सम्मान पत्र र खादा लगाएर सम्मान गरेका थिए ।

सोही अवसरमा वडा नं. ९ ले प्रकाशन गरेको पाश्र्वचित्रको विन्दुकुमार थापाले विमोचन गरेका थिए । प्रमुख अतिथि विन्दुकुमार थापाले वडा नं. ९ ले रचनात्मक कार्य गर्दै गरेको भन्दै नागरिकलाई सहज तरिकाले सेवा दिन सबैमा आग्रह गरेका थिए ।

वडा शिक्षा समितिका सदस्य शालिकराम अधिकारीले सामुदायिक र संस्थागत विद्यालयमा गई विद्यालय प्रशासन र विद्यार्थीको उतिर्ण नतिजाको आधारमा उत्कृष्ठ छानिएको वताएका थिए ।

सोही अवसरमा नगरपालिकाको वडा नं. ८ र ९ मा गरी २४ वर्ष सेवा गरी सेवा निवृत भएका वडा कार्यलयका कर्मचारी चन्द्रबहादुर गुरुङलाई विदाई गरिएको थियो ।

पाश्र्वचित्र प्रकाशन समितिकी संयोजक वडा सदस्य गीता नेपालीले पाश्र्वचित्रमा सबै क्षेत्रका तथ्याङकलाई समेट्न प्रयास गर्दा गर्दै पनि कहि कतै छुट्न गएको हुन सक्छ ति छुटेका कुराहरुलार्ई अंक प्रकाशन गर्दा समावेस गरिने वताईन । पाश्र्वचित्र प्रकाशन गर्दा सदस्यहरु विषय विज्ञ महेन्द्र लामिछाने र दरबारथोक एड्भरटाईजिङ एजेन्सीका प्रबन्ध निर्देशक कृष्ण रानाभाट रहेका थिए ।

वडा अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत शिक्षा समितिका सदस्य शिवराज वास्तोलाले र वडा सचिव लोकदर्शन कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।