फिफा उत्कृष्ट तीनमा:मोडरिक, रोनाल्डो र सलाह


 लण्डन । लुका मोडरिकसँगै क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनको मनोनयनमा परेका छन् । सोमबार लण्डनमा एक समारोहका बीच १० खेलाडीबाट शीर्ष तीनमा परेकाहरुको नाम सार्वजनिक गरिएको हो ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन् । उनी सन् २००७ देखि निरन्तर अन्तिम तीनको मनोनयनमा परेका थिए । २००९ देखि १२ सम्म लगातार चार वर्ष र २०१५ मा गरी उनले ५ पटक अवार्ड जितेका छन् । तर, यो पटक उनी शीर्ष तीनमै पर्न सकेनन् ।