एशियन फोरमको अध्यक्षमा श्रेष्ठ, कालावाङ घरेडी होमस्टे समुदायलाई हस्तान्तरण


कृष्ण रानाभाट/पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एसियन फोरम) को १४औ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन पोखरा–२२, पुम्दिभुम्दीस्थित कालाबाङ घरेडी होमस्टेमा सम्पन्न भयो ।

कार्यक्रम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकाश लम्सालको प्रमूख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सांसद विन्दुकुमार थापा, पोखरा–२२ का अध्यक्ष मित्रलाल बराल, वडा सचिव रामप्रसाद पौडेल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नितु गर्तौला, एशियन फोरमका संस्थापक अध्यक्ष सिध्दिचन्द्र बराल, शान्तीकालागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बराल, वालगृह सञ्जाल केन्द्रिय उपाध्यक्ष गोमा ढकाल, ईन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेल तथा संस्थापक अध्यक्ष तारानाथ पहारी, होमस्टे एशोसिएशन नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरीलाल पौडेल तथा निवर्तमान अध्यक्ष धनेश्वर वस्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जेएमआइडी परियोजनाको सहयोगमा एशियन फोरमद्वारा स्थापित तथा प्रर्वधित तथा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) द्वारा सन् २०१७ को सर्वोत्कृष्ट होमस्टे घोषित भएको कालाबाङ घरेडी होमस्टे (घरवास) स्थानिय वासिन्दा, अतिथिहरु, पत्रकार तथा एशियन फोरमका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा प्रमूख अतिथि मन्त्री विकाश लम्सालले होमस्टेका अध्यक्ष प्रकाश गुरुङ मार्फत समूदायमा हस्तान्तरण गरेका थिए ।

संस्थाको छैठौं महाधिवेशनले किस्मतमणी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, उपाध्यक्षमा मेनका पौडेल, महासचिवमा नीलाम्बर बडाल, कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ (आसिक), सचिवमा विजय गुरुङ, सदस्यमा दमन्ता खड्का, कल्पना पौडेल ‘जिज्ञासु’, जुम गुरुङ, सन्तोष बोगटी र रमेशकुमार श्रेष्ठ चयन भएका छन् ।

एशियन फोरमका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निलाम्बर वडालले गरेका थिए ।