म्युजिक भिडियोमा मिर्सा गाँउको चर्चा


पोखरा । कास्की जिल्लाको पर्यटकीय सुन्दर गाँउ मिर्साको परिवेशलाई चित्रण गरिएको ‘प्यारो मिर्सा गाँउ’ बोलको गीत सार्वजनिक भएको छ।

गाँउको प्रचार प्रसार गर्ने उद्धेश्यले वरिपरीको सुन्दर प्रकृति र पयंटक लोभ्याउने आकर्षक स्थलहरुमा गीतको छायाँङकन गरिएको छ । सो गीतमा प्रतिमा गुरुङको शब्द र धन बहादुर गुरुङले ऐरेन्ज तथा संगीत भरेका छन् भने चर्चित गायिका निशा गुरुङले आवाज दिएकी छिन् ।

कमल बहादुर गुरुङको निर्देशनमा तयार पारिएको गीतमा कञ्चन गुरुङ, मञ्जु गुरुङ र सीता गुरुङले मोडलिङ गरेका छन् । मिर्साको सुन्दर स्थलहरुमा छायाँकन गरिएको भिडियो गंगाबहादुर गुरुङले खिचेका हुन् भने प्रविन नेपालीको सम्पादन रहेको छ ।

कास्कीको माछापुच्छ्रे-१ मा अवस्थित मिर्सा गाँउमा २०६९ सालदेखि व्यवस्थित होमस्टे संचालन हुदै आएको छ । उक्त म्युजिक भिडियो मार्फत् गाँउको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानिय मुनलाइट युथ क्लब, शिल्दो आमा समुह र मिर्सा होम स्टे आमा समुहको लगानीमा म्युजिक भिडियो निर्माण गरिएको हो ।