डेनमार्कमा पाचौं जनसम्पर्क समिति फुटबल कप भव्य रुपमा सम्पन्न ।(फोटो फिचर सहित )

सर्वाधीक गोलकर्ता र उत्कृष्ट खेलाडी राइनो नेपालका जिन्दगि राइ बने

कोपनगेहन ।

नेपलीनेपली डटकम सम्वादाता

नेपाली जनसम्पर्क समिति डेनमार्कले प्रत्येक बर्ष गर्दै आएको जनसम्पर्क समित फुटबल कप यस वर्ष पनि पाँचौ शृंखला पार गर्दै ‘पाँचौं जनसम्पर्क कप’ भव्य रुपले सम्पन्न गरेको छ । प्रत्येक वर्षको गर्मी महिनामा आयोजना हुने यो फुटबल प्रतियोगिता भव्य र सभ्य हुने गर्दछ । यो खेल प्रतियोगीता नै डेनमार्कमा रहने सबै नेपालीहरुको लागि छुट्टै रौनक लिएर आउ ने गर्दछ ।

यो फुटबल प्रतियोगीता नेपाली नेपाली बीच हुने फुटबल प्रतियोगीता हुने भए पनि नेपाली भाषीबीच हुने प्रतियोगीता भएकोले डेनमार्कमा रहेका भुटानी खेलाडीहरुले पनि भाग लिंदै आएका छन् । अघिल्लो वर्ष जस्तै यस पटकको च्याम्पियन पनि भुटानी खेलाडीहरुले भरिएको टिम युनिटी स्पोर्ट्स क्लब बन्यो ।

डेनमार्कका लागि नेपाली राजदुत यूव नाथ लम्सालले उद्घाटन गरेको फुटबल प्रतियोगीतामा कुल ८ टिम सहभागी रहेका थिए । कोपनहेगनको बेल्लाहोए खेल मैदानमा सबै खेल सन्चालन भएका थिए । खेल उद्घाटन गर्दै राजदुत लम्सालले नेपाली नेपाली बीच आपसी भाइचारा को अभिवृद्धि गर्न यो जनसम्पर्क कपको आयोजनाबाट मद्धत पुगेको आफ़ुने अनुभव गरेको बताउनु भयो । यस्तै जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले यस खेल प्रतियोगीता जित हार आफ्नो ठाउँमा भए पनि खेलको माध्यम बाट आपसी भाइचारा वृद्धि गर्ने र नेपाली नेपाली बीच भेटघाट तथा खेलाडीको प्रतिभा देखाउने एउटा प्लेटफर्म भएको बताए ।

सम्पूर्ण खेलको संयोजन गरेका जनसम्पर्क समिति डेनमार्कका खेलकुद संयोजक श्रीधर सिलवालले खेल प्रतियोगीता सफल बनाउन सबैको योगदान महत्वपूर्ण हुने बताए ।

उद्घाटन खेल जनसम्पर्क समिति कार्यसमिति,सल्लाहार र एन आर एन डेनमार्क कार्यसमिति, सल्लाहाकार बीच मैत्रीपूर्ण भएको थियो । उक्त खेलमा एनआरएन टिम विजयी भएको थियो ।

खेल प्रतियोगीताको पहिलो दिन लिग चरणका खेलहरु खेलाइएको थियो भने दिस्रो दिन सेमिफाइनल, तेस्रो स्थानको लागि र फाइनल खेल खेलाइएको थियो । दुइ दिनसम्म लगातार लिग खेल र अर्को चरणको खेल खेल्दा खेलाडी र टिम अलि दवावमा देखिन्थे ।
यस वर्षको जनसम्पर्क समिति कपमा कुल निम्न ८ टिम सहभागी रहेका थिए
-युनिटी स्पोर्ट्स क्लब
-बेल्लाहोए क्लासिक
-राइनो नेपाल युथ क्लब
-एफ सी गुरुङ्ग समाज
-एफ सी राइजिङ्ग स्टार
-पासा पुचा
-हिमालयन स्पोर्ट्स क्लब
-जनसम्पर्क समिति डेनमार्क टिम ( आयोजक )

लिग चरणमा पार गरेर सेमिफाइनल खेल्नेमा निम्न टिमहरु रहेका थिए
राइनो नेपाल युथ क्लब,
हिमालयन स्पोर्ट्स क्लब
एफ सी गुरुङ समाज
हिमालयन स्पोर्ट्स क्लब

सेमिफाइनल खेल राइनो नेपाल युथ क्लब र हिमालयन स्पोर्ट्स क्लबबीच भएको थियो जुन खेल प्रतियोगीताकै रोमाञ्चक बन्न पुगेको थियो निर्धारीत समयमा २-२ को बराबरी भएर अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो जसमा हिमालयन स्पोर्ट्सले राइनोलाई हराउन सफल भएको थियो ।

त्यस्तै अर्को खेलमा एफ सी युनिटीले एफ सी गुरुङ समाज लाई हराएको थियो । तेस्रो स्थानको लागि राइनो नेपाल युथ क्लब र एफ सी गुरुङ समाज भिडेका थिए । जसमा राइनो नेपाल युथ क्लबले सहज जीत हात पारेको थियो र तेस्रो स्थान बनाउन सफल भएको थियो ।

यो वर्षको जनसम्पर्क कप प्रतियोगीतामा विगतको उत्कृष्ट टिम मानिएको बेल्लाहोए क्लासिक लिग चरणमै बाहिरिन पुग्यो भने राइनो नेपाल युथ क्लब आफुलाई अब्बल साबीत गर्न सफल रह्यो । बिजेता टिमलाई पुरस्कार वितरण प्रमुख अतिथी तथा नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान  अध्यक्ष खिलानाथ दाहाल, विशेस अतिथी नेपाल आदिवासी जनजाती महासंघ नेपालका निबर्तमान अध्यक्ष एवं सभासद नागेन्द्र कुमार कुमाल तथा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले संयुक्त रुपमा प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहको संचालन जनसम्पर्क समिति डेनमार्कका महामन्त्री यादव बस्नेतले गरेका थिए । प्रमुख अतिथि तथा विशेस अतिथिले जनसम्पर्क समितिको यस कार्यको प्रशंशा गरेका थिए

प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई मेडल शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सर्वाधीक गोलकर्ता र उत्कृष्ट खेलाडी राइनो नेपाल युथ क्लब का जिन्दगि राइ बने

खेल प्रतियोगीतामा सर्वाधीक गोलकर्ता र प्रतियोगीताकै उत्कृष्ट खेलाडी राइनो नेपाल युथ क्लबका जिन्दगी राइ बनेका थिए । उनले प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै कुल ९ गोल गरेका थिए । अहिलेसम्मको जनसम्पर्क कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड पनि राइले राख्न सफल रहे ।

यस पाँचौं जनसम्पर्क समिति कप खेल प्रतियोगीता सम्पन्न गर्न सबैले महत्वपूर्ण योगदान गरेका थिए । जनसम्पर्क समिति डेनमार्कमा संस्थापक सभापति नवीन पौडेल, भूपू अध्यक्षहरु रामचन्द्र पाठक, नविन आचार्य( नवराज ), महामन्त्री यादब बस्नेत, स्वयंसेवक संयोजक तथा उपसभापति नील थापा, प्रवक्ता विजय देवकोटा, सल्लाहाकारहरु प्रकाश ढकाल, तारणी प्रसाद जोशी , कुलराज सापकोटा, दीपक राज रिजाल लगायत जनसम्पर्क सम्बद्ध धरै पूर्ण रुपमा खेल सफल पार्न खटिएका थिए । एन आर एनको तर्फबाट उपाध्यक्ष्य लक्ष्मी जमरकट्टेल, सचीव राजमान तामाङ्ग, लगायत अन्य धेरै ले पनि प्रतियोगीता सफल पार्न सहयोग गरेका थिए । यस्तै खेल संचालन गर्न रेफ्री तथा सहायक रेफ्रीको भूमिका निर्वाह गरेर स्थानीय डेनिश रेफ्रीहरु निक, एन्थन साथै नेपाली रेफ्रीहरु बिजु सेन ठकुरी, हरि न्यौपाने, बादल महर्जन, अनन्त महर्जन, सुवासीस ओझा, दीपक तिवारी, जब्स अलाम, प्रकाश श्रेष्ठ लगायतले महत्वपूर्ण योगदान गरेका थिए । जनसम्पर्क समिति डेनमार्कले खेल सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।