पूर्वप्रधानमन्त्री डा. भट्टराई युरोप भ्रमणमा


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई युरोप भ्रमणमा रहेका छन्।  प्राज्ञिक भ्रमणका लागि उनि आईतबार रुस प्रस्थान गरेका हुन्। उनि रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली पुग्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया/छलफल गर्ने  नयाँ शक्ति पार्टीले जनाएको छ।भ्रमणकै क्रममा पूर्वप्रधानमन्त्री भट्टराई  गैरआवासीय नेपाली संघको निमन्त्रणामा जुलाई २९ र ३० तारिख लक्जमवर्गमा हुनेयुरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी बन्नेछन्।

यस्तै जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। उनिसँगै भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी छन् । भ्रमण पूरा गरी भट्टराई साउन २३ गते काठमाडौं फर्कनेछन्।