अधिकृत समाज कास्कीको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


पोखरा। कस्केली अधिकृत समाज कास्कीले शनिवार स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्य तथा डा. तीर्थराज उपाध्यायबाट मधुमेह, थाइराइज तथा क्षयरोग विषयमा सचेतना गराइएको थियो।

त्यस अवसरमा सहभागीकातर्फबाट वरिष्ठ पत्रकार वद्री विनोद प्रतिकले शुभकामना व्यक्त गर्दै विज्ञहरु रहेको संस्थाबाट विविध क्षेत्रमा स्थानीय सरकार तथा समुदायलाई सहयोग पुर्याउन सकिने बताए।

समाजका तर्फबाट सल्लाहकार शिवप्रसाद पराजुली र समाजसेवी विश्वमोहन गौचनले डाक्टरद्वयलाई सम्मान पत्र प्रदान गरे।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव लोकनाथ दवाडीले गरेका थिए।